Tuesday, 22 September 2015

नेपालीहरु भारतको ‘एसम्यान’ बन्न नसक्ने दाहालको उद्घोष (भिडियोसहित) |

 

काठमाडौं, असोज ४ । प्रमुख तीन दलका शीर्ष नेताहरुले नेपालको नयाँ संविधानले सबै नेपालीका माग सम्बोधन गरेको भन्दै संविधानलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायसमक्ष अपील गरेका छन् ।

संविधान जारी भएको खुसियालीमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीले सोमबार काठमाडौंको सैनिकमन्चमा गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनीहरुले नेपाली जनतालेजारी गरेको संविधानलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

विजयोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौम बनाएको बताए ।

संविधानप्रति कसैले पनि असन्तुष्टि जनाउनुपर्ने कारण नभएको भन्दै उनले कुनै कुरा छुटेका भए संशोधनमार्पmत् मिलाउन सकिने बताए ।

संविधान प्रत्येक नेपालीको ऐना भएको भन्दै उनले पछाडि परेका समुदायहरुको अधिकारका लागि संविधानमै विभिन्न आयोगहरु गठनको व्यवस्था गरिएको बताए ।

ओलीले नेपालको स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकता जोगाउँदै आफूहरुले दुबै छिमेकीलगायत सबै मित्र राष्ट्रहरुसँग असंलग्नताको सिद्धान्तमा रहि बलियो सम्बन्ध राख्न चाहेको बताए ।

यसैगरी, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय शक्तिहरुबीच एकता आवश्यक रहेको बताए ।

उनले मधेसी, थारु र जनजातिका जायज मागका लागि लागिरहने प्रतिबद्धता जनाउँदै वार्ताका लागि आह्वान गरे ।

हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो स्वतन्त्रता सुदृढ गर्न सक्छन् भन्दै उनले भारत र चीनले नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्ने बताए ।

उनले भारतको असल मित्रको रुपमा नेपालले जायज चिन्ता र चासोको सम्बोधन गर्ने भन्दै भारतले पनि नेपालको चासोको सम्बोधन गर्नुपर्ने बताए । तर, नेपालीहरु भारतको ‘एसम्यान’ बन्न नसक्ने पनि स्पस्ट पारे ।

दाहालले राजा–महाराजाले बनाएको आयोगमार्फत् संविधान जारी गर्ने युगको अन्त्य भइ जनताले संविधान बनाउने युगको सुरुआत भएको पनि बताए ।

0 comments:

Post a Comment