अवार्ड वितरण कार्यक्रम आज सोमबार यूएईको स्थानिय समय अनुसार राती ८ बजेदेखि आबुधावीको नोभोटेल अल बुस्तान होटलमा हुँदैछ । सो अवार्ड ग्रहणका लागि नेपाल खेलकुद परिषदका सदस्य सचिव केशब विस्ट तथा नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशी यूएई आईसक्नु भएको छ ।
एसियन चेस फेडेरेसनले हरेक बर्ष चेस खेलका बिभिन्न विदामा अवार्ड प्रदान गर्दै आएको छ । यसपटक नेपालले चेसखेलमा उत्कृष्ट प्रदर्शन सहित राम्रो सकृयता देखाएको भन्दै फेडेरेसनले नेपाललाई सो अवार्ड प्रदान गर्न लागेको नेपाल चेस एसोसिएसनका अध्यक्ष राजेश हरि जोशीले उज्यालोलाई जानकारी दिनुभयो ।
अवार्ड वितरण कार्यक्रममा उपस्थित भएर नेपाली चेस खेलाडी र देश प्रतिको सद्भाव बढाई दिन यूएईमा कार्यरत नेपालीलाई नेपाल चेस एसोसीएसनले अनुरोध गरेको छ ।








0 comments:
Post a Comment