Tuesday, 22 September 2015

पोर्नस्टार खलिफाले किन बिग बोस स्वीकार गरिनन् ?


पोर्नस्टार खलिफाले किन बिग बोस स्वीकार गरिनन् ?


mia-khalifaपोर्न स्टार मिया खलिफाले भारतीय टेलिभिजन शो बिग बोस–९ मा सहभागी नहुने बताएकी छन् । उनले उक्त घोषणा ट्वीटरमार्फत गरेकी हुन् । लेवनानी–अमेरिकी पोर्न स्टार मिया खलिफा (@miakhalifa ) ले ट्वीटरमा लेखेकी छन्–म एउटा कुरा स्पष्ट गर्दछु, म भारत कहिल्यै जाँदै छैन । त्यसैले जोकसैले पनि मैले बिग बोसमा भाग लिने इच्छा देखाएको खबर फैलाएको छ, त्यसलाई जागिरबाट निकाल्नु आवश्यक छ।
गत साता भारतीय संचार माध्यममा यसप्रकारको समाचार सार्वजनिक भएको थियो कि २२ वर्षीया पोर्न स्टार मिया खलिफाले बिग बोस–९ मा भाग लिँदैछिन् । यसअघि भारतीय मूलकी पूर्व अमेरिकी पोर्न स्टार सनी लियोन पनि बिग बोसमा भाग लिइसकेकी छन् । यद्यपि अहिले सनी लियोन पोर्न फिल्ममा काम गर्न छाडिसकेको बताउँदै आएकी छन् । अहिले उनी बालिउड केन्द्रित भएकी छन् । एजेन्सी



0 comments:

Post a Comment