Sunday, 6 September 2015

बोलिभियामाथि अर्जेन्टिनाको गोलको वर्षा, मेसीले गरे दुई गोल




काठमाडौं, भदौ १९ । विश्वकप फुटबलको उपविजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बोलिभियामाथि ७–० को फराकिलो जित हासिल गरेको छ ।

शनिबार बिहान भएको खेलमा अर्जेन्टिनालाई जिताउनेक्रममा प्लेमेकर लिओनल मेसीले दुई गोल गरे । यसैगरी, सर्जिओ अगुएरो र लाभेजीले पनि समान दुई गोल गरे ।

मैत्रीपूर्ण अन्य खेलमा फ्रान्स, अमेरिका,होन्डुरस र उरुग्वे पनि विजयी भएका छन् ।

फ्रान्सले पोर्चुगललाई १–० ले, अमेरिकाले पेरुलाई २–१ ले, होन्डुरसले भेनेजुएलालाई ३–० ले तथा उरुग्वेले पानामालाई १–० ले हरायो । मेक्सिको र ट्रिनिडाड एन्ड टोबागोले ३–३ गोलको बराबरी खेलेका छन् ।

0 comments:

Post a Comment