Wednesday, 23 September 2015

भारतको नाकाबन्दीको ‘धम्की’बारे यस्तो छ ओलीको कडा टिप्पणी (भिडियोसहित)


काठमाडौं, असोज । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले नेपालमाथि नाकाबन्दी लगाउनै नसक्ने दाबी गरेका छन् ।

संविधान जारी भएको अवसरमा एमालेले मंगलबार दशरथ रंगशालामा आयोजना गरेको चियापान कार्यक्रममा सन्चारकर्मीहरुसँग ओलीले ‘भारतले नाकाबन्दी गर्छ भन्ने आफूलाई नलागेको’ बताए । त्यस विषयमा भारत सरकारसँग कुरा गर्ने पनि उनले प्रस्ट पारे ।

भारतीय पक्षबाट सीमामा तेलका ट्यांकर रोकिएको सन्दर्भमा उनले ‘नेपालमा कुनै असुरक्षा नभएकाले गाडीहरु रोक्नुपर्ने आवश्यकता छैन’–भने ।

ओलीले संविधान परिवर्तनशील भएकाले सहमतिमा आए संशोधनमार्फत् समस्याको समाधान गर्न सकिने प्रस्ट पारे ।

चियापान कार्यक्रमबाट बाहिरिँदै गर्दा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भारतले दिएको ‘नाकाबन्दीको धम्कीको विषयमा तीन दलको बैठकबाट धारणा सार्वजनिक गर्ने’ जानकारी दिए ।

चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र सभामुख सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।

यसैगरी, विभिन्न दलका नेता, मन्त्री, सांसद, संवैधानिक, सुरक्षा र कुटनीतिक निकायका व्यक्तिहरुलगायत ठूलो संख्यामा सर्वसाधारणको सहभागिता रहेको थियो ।

0 comments:

Post a Comment