Wednesday, 23 September 2015

पत्नी हत्यारालाई जन्मकैद


700
  
मन्थली, ६ असोज ।
आफ्नै कान्छी श्रीमतीलाई कुटपिट गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रामेछापले बुधबार मन्थली नगरपालिका–४ डुम्रीबोटेका २९ वर्षीय रमेश विकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले विकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको श्रेस्तेदार मनोजकुमार श्रीवास्तवले जानकारी दिए ।

अभियुक्त विकले गत साउन २२ गते साँझ सदरमुकाम मन्थलीबाट घर जाने बहानामा मन्थली नगरपालिका–१ को गुहाखोला नजिकैको जङ्गलमा पुयाएर २८ वर्षीया कान्छी श्रीमती इन्द्रा खत्रीलाई कुटपिट हत्या गरेका थिए । विक १४ महिनाकी छोरीलाई समेत पिटेर घाइते बनाई बेहोस अवस्थामा जङ्गलमा नै छाडेर हिँडेका थिए । रासस

0 comments:

Post a Comment