इस्तानबुल–तस्करहरुले अब्दुल्हा कुर्दीलाई टर्कीबाट ग्रीस मोटरबोटमा राखेर पु¥याइदिने वाचा गरेका थिए। त्यो क्यानडामा नयाँ जीवनका लागि पहिलो पाइला थियो। तर, अन्तिम समयमा उनीहरु १५ फिटको रबरबोटमा आए जुन समुन्द्रको ठूलो छालमा पल्टियो। कुर्दी आफ्नो श्रीमती र दुई छोराकासाथ समुन्द्रको क्रुर्रतासँग जुध्न बाध्य भए।
कुर्दीले छोराहरु आल्यान र गलिबलाई नडुब्न दिन निकै प्रयाश गरे। एकजनाको प्राण उनकै अगाडी गयो । अर्कोलाई श्रीमती रेहानलाई दिँदै उनले भने, 'टाउको पानी बाहिर राख!' अन्तिममा ४० वर्षीया कुर्दीमात्र समुन्द्रसँगको लडाँईमा अपराजित भए। अन्य सबैको प्राण समुन्द्रको गहिराईमा कतै विलय भयो।
'अब मलाई केही चाहिँदैन,' बिहिबार टर्कीको मुग्लास्थित मुर्दाघरबाट परिवारको शव बुझ्दै गर्दा उनले भने, 'मलाई विश्वको सबै देशको नागरिकता दिए पनि अब चाहिएन। मेरो लागि सबैभन्दा बहुमुल्य जे थियो त्यो त गुमी सक्यो ।'
रातो टि–सर्ट, कालो हाफ पाइन्ट लगाएको टर्कीको समुन्द्री तटमा निश्वास लडिरहेको बच्चाको तस्बिर कुर्दीका कान्छो छोरो आल्यानको हो । वर्षौं देखि यूरोप प्रवेश गर्न खोज्ने शरणार्थीहरु प्रति यूरोपले गरिरहेको अमानवीय व्यवहारलाई उक्त तस्बिरले थप उजागर गरिदिएको छ । त्यो घटना सार्वजनिक भएपछि विश्वभर यूरोप शरणार्थी नीतिको विरोध थालिएको छ।
यो कुनै नौलो दुर्घटना होइन । वर्षै पिच्छे विभिन्न देशबाट युद्ध वा अन्य कारणले शरण खोज्दै यूरोप प्रवेश गर्न खोज्ने धेरैको हविगत त्यहि नै हुने गरेको छ। तर, एउटा ३ वर्षीय सुन्दर बालक समुन्द्र किनारको बालुवामा मृत देख्दा सबैको मनमा चिसो पस्यो। किनकी हेर्दा लाग्थ्यो उनी मृत छैनन्, केवल गहिरो निद्रामा छन्। आल्यनको निद्रा यति गहिरो छ कि समुन्द्रको छालले पनि उनलाई बिउ"झाउन सकिरहेको छैन।
यो तस्बिर र भिडियो विश्वभरका सामाजिक सञ्जालमा सुख्खायाममा जंगलमा लागेको डढेलो झैं फैलियो। तत्पश्चात वर्षौं देखि नयाँ जीवनको आशा, सुरक्षा र अवसरको खोजीमा युद्धग्रस्त मध्य पूर्वका मुलुक तथा अफ्रिकाबाट यूरोप प्रवेश गर्न खोज्नेहरु प्रति गरिरहेको वेवास्तालाई सम्बोधन गर्न कर लागेको छ। आल्यनभन्दा पनि गत साता अस्ट्रियामा एक ट्रकमा भेटिएको कुहिएका शवहरुले यूरोपलाई नराम्रोसँग हल्लाएको थियो। तर, आल्यनको घटनाले ४ वर्षको लगातारको युद्धबाट विस्थापित १ करोड १० लाख सिरियालीको व्यक्तिगत शोक बनाइदिएको छ।
अवोध बालकको अकल्पनीय यात्रा मध्य पूर्व र यूरोपमा राजनीतिमा बम झैं खसेको छ। यसले धेरै परको देश क्यानडा जसको सिरिया युद्धसँग कुनै नाता नै छैन, त्यसलाई पनि प्रभावित पारेको छ। क्यानेडियन अधिकारीहरुलाई अहिले प्रश्न गर्न थालिएको छ, 'किन कुर्दी परिवारलाई कानुनी तवरमा नै आप्रवासीका रुपमा क्यानेडाको प्रवेशाज्ञा दिइएन, जब क्यानडामा रहेका उनका परिवारजनले उनको रेखदेखको जिम्मा लिने बताएका थिए?' क्यानेडियन सरकारले ठोस रुपमा केही पनि भन्न सकिरहेको छैन।
सिरियामा हजामको काम गर्ने कुर्दी उनका भाइ मोहम्मदसँग क्यानडा प्रवेश गर्न चाहन्थे। उनीहरु दुवैलाई क्यानेडाको भानकोबरस्थित ब्रिटिस कोलम्बियामा रहेकी ४३ वर्षीया दिदी टिमा कुर्दीले स्पोन्सर गर्ने भएकी थिइन्। उनले कुर्दीलाई आफू बसिरहेको घरको भूईंतल्लमा परिवारसँग बस्न र आफ्नो सैलुनमा काम गर्न क्यानडा बोलाएकी थिइन्।
'मैले उनीहरुलाई मेरो सैलुनमा काम गर्न र मसँगै बस्नका लागि बोलाएको थिएँ। उनीहरुले काम पाएर सेटल भएपछि आफ्नो व्यवस्था गर्थे,' टिमा कुर्दीले भनिन्। कुर्दीका अनुसार पनि उनकी दिदीले क्यानेडियन अधिकारीलाई आफूहरुको जिम्मा उनको भएको बताएकी थिइन्। 'तर, अधिकारीहरुले मानेनन्,' उनले भने । टिमा कुर्दीका अनुसार पहिला उनले मोहम्मदको परिवारको लागि मात्र आवेदन दिएकी थिइन्। उनीहरुलाई रेखदेख गर्नसक्छु भनेर प्रमाणित गर्नका लागि आफ्ना साथी तथा नातेदारसँग पैसा लिएर उनले बैंक ब्यालेन्स पनि देखाएकी थिइन्।
तर, जुनमा मोहम्मदको आवेद कागजपत्र नपुगेको र उनी शरणार्थीको हैसियतमा रहेको बताएर रद्द गरियो। टर्कीको शरणार्थी नीति अनुसार कुनै पनि सिरियनको हातमा अर्को देश जाने कागजपत्र कहिल्यै पर्दैन। त्यो उनीहरुले थाह पाएपछि वैकल्पिक बाटो रोजे।
दिदी टिमाले पनि उनीहरुको यात्रालाई मद्दत गर्न पैसाको जोहो गरिदिइन्। 'मलाई त्यसको निकै पछुतो छ,' उनले रुँदै भनिन्। 'अब यो सिरियाको युद्ध नै रोक्नुपर्छ। त्यसको विकल्प छैन,' उनले भनिन्, 'सिरियनहरु पनि मान्छे हुन् । उनीहरुलाई पनि बाँच्ने अधिकार छ।'
आल्यनको नाम आफ्नो छोरा आलनको नामबाट राखिएको बताउँदै टिमाले भनिन्, 'मैले आल्यन र गलिबलाई भेटको थिइन्। मात्र भिडियो च्याटमा कुरो हुन्थ्यो।' उनको अनुसार अब्दुल्हा कुर्दी सिरियाको राजधानी दमास्कसमा हुर्किएका हुन्। तर उनीहरु भने कुर्दिसहरुको बाहुल्यता भएको टर्कीको सिमा नजिकैको सहर कोबानीका स्थायी बासिन्दा थिए। उनीहरु एक वर्ष अघि दमास्कसमा युद्ध चर्किएपछि मात्रै पुनः कोबानीमा फर्केका थिए। टिमास"ग भाइले फोनमा भन्ने गर्थे, 'यहाँ पनि सुरक्षित छैन्। आइएसआइएसले यहाँ पनि आक्रमण गर्न सुरु गरेका छन्।'
कुर्दी परिवार अन्ततः इस्तानबुल सर्यो । तर, अब्दुल्हालाई त्यहाँ परिवार पाल्न निकै कठिन हुन थाल्यो । उनले घर भाडा तिर्नकै लागि पनि दिदीसँग पैसा सापटी माग्नु पर्ने भयो। टिमा कुर्दीले स्थानीय सांसद फिन डोन्लीलाई सहयोगका लागि याचना गरेको निवेदन दिइन्। उक्त निवेदन डोन्लीले आफ्नै हातले नागरिकता तथा अध्यागमन मन्त्री क्रिस अलेक्जेन्डरलाई दिएका थिए।
'हामी कुरेको कुर्यै भयौं । तर, सरकारबाट कुनै जवाफ आएन,' डोन्लीले भने। शरणार्थीहरुका लागि सधैं खुला मानिने क्यानडामा कन्जरभेटिभ पार्टीको सरकार आए देखि उक्त नीतिमा पनि परिवर्तन आएको छ। अध्यागमन मन्त्री अलेक्जेन्डरले १० हजार सिरियाली शरणार्थीलाई प्रवेशाज्ञा दिने बताएपनि अगस्ट महिनाको अन्त्यसम्ममा जम्मा १ हजार शरणार्थीले मात्र प्रवेश पाएका छन् । उता विपक्षी पार्टी भने धेरैभन्दा धेरैलाई प्रवेश दिइनुपर्ने बताइरहेका छन्।
कुर्दीका अनुसार उनले धेरैपटक एक्लै यूरोप प्रवेश गर्न खोजेका थिए। एकपटक टर्कीको एडिर्अन नदी पौडिएर यूरोप प्रवेश गर्न खोज्दा उनी झन्डै डुबेका थिए। 'मैले बुल्गेरियाको सिमाबाट पनि प्रवेश गर्न खोजेको थिएँ । तर पक्रिएर मलाई फिर्ता पठाइदिए,' उनले भने।
त्यसपछि उनले ४ हजार ४ सय ५० डलर तस्करहरुलाई तिरेर समुन्द्रबाट यूरोप प्रवेश गर्ने सुर कसे। उनले रबरबोटको नभएर मोटरबोटमा जानका लागि त्यति धेरै पैसा तिरेका थिए। 'हामीलाई डुबिन्छ कि भन्ने डर थियो,' उनले भने, 'तर टर्कीका तस्करहरुले डुंगा नभएर याच हुने बताएका थिए।'
कुर्दीका अुनसार डुंगामा लाइफ ज्याकेट थियो । तर दुर्घटनाका कारण त्यो पनि हरायो । टर्कीका अधिकारी भने डुंगामा कुनै ज्याकेट नभएको दाबी गर्छन्। 'मानिसहरु यहाँ विषयान्तर गर्न खोजि रहेका छन्। उनीहरुसँग लाइफ ज्याकेट थियो या थिएन, ठूलो कुरा होइन,' एक अधिकारीले भने, 'बच्चालाई ठिक हुने लाइफ ज्याकेट यहाँ पाँइदैन। मान्छेहरु यस्तो यात्रामा निस्किँदा प्लास्टिकका खेलौना किन्छन्। ताकी तैरन सजिलो होस्।'
'उनीहरुको यात्रा बिहान ३ बजे सुरु भएको थियो । जब समुन्द्रको छाल ५ फिट माथि उठिरहेको थियो,' ती अधिकारीले भने, 'यो सिजन भनेको हावाहुरीको हो। अहिले छाल १५ फिट माथिसम्म उठ्न सक्छ।' अवरुद्ध गला सफा गर्दै र आँशु रोक्दै कुर्दीले उक्त घटनाको बयान गरे – कसरी डुंगा पल्टियो र उनले छोराहरुलाई खोज्न थाले, जब उनको श्रीमती जेनतेन पल्टिएको डुंगालाई समातेर तैरी रहेकी थिइन्।
'म उनीहरुलाई समातेर माथि तिर तानिरहेको थिएँ । ताकी उनीहरु सास फेर्न सकुन्,' उनले भने, 'म दुवैलाई एकैपटक गर्न सक्दिन थिएँ । त्यसैले आलोपालो गरिरहेको थिएँ । हामीले बाँच्नका लागि ३ घन्टा जति संघर्ष गर्यौं।'
उनका अनुसार पहिला एउटा छोरा थकित भएर पानीमा डुब्यो। उसको मुखबाट सेतो फिज निस्किरहेको थियो। त्यसपछि उनले अर्को छोरालाई आमालाई समात्न दिएर उसको टाउको पानी बाहिर राखिरहन कोसिस गरे। यति भनिसकेपछि कुर्दी आफु थप केही बोल्न नसक्ने भन्दै माफी मागे र बिदा भए ।
'म चाहन्छु अब यो तस्करी बन्द होस्,' उनले अन्तिममा भने, 'मानिसहरु आफ्नै रगतको मुल्य चुकाएर बाँच्न खोजिरहेका छन् । मैले हिजो तस्करी हुने ठाउँमा गएर यस्तो यात्रामा निस्किए पनि आफ्नो बच्चालाई नलान सुझाव दिए" ।'








0 comments:
Post a Comment