काठमाडौं, असोज । चीनका राष्ट्रपति सी जिङपिङले साना राष्ट्रहरुको स्वाधीनतामाथि प्रहार गर्न नहुने बताएका छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले छिमेकीसँगको सम्बन्धहरु बराबरीमा आधारित हुनुपर्ने उल्लेख गरे ।
ठूला र बलिया देशहरुले साना र कमजोर देशहरुलाई तर्साउन नहुने भन्दै उनले स्वाधीनताको सिद्धान्तप्रेरित
राष्ट्रसंघको च्याप्टरअनुसार सबै देशहरु बराबर रहेको बताए ।
ठूला, धनी र बलिया राष्ट्रले साना, गरिब र कमजोर मुलुकलाई पेल्न नहुने सीको भनाइ थियो ।
ठूला देशहरुले साना मुलुकहरुलाई बराबरी हिसाबले व्यवहार गर्र्नुपर्नेमा जोड दिँदै उनले भने–‘सही धारणा राखेर न्यायका लागि सहयोग गर्नुपर्छ न कि न्यायभन्दा अगाडि आफ्नो स्वार्थका लागि ।’
चिनियाँ राष्ट्रपति सीले सबै मुलुक पवित्र रहेको भन्दै साना देशहरुको आन्तरिक मामिलामाथि ठूला र बलिया देशले हस्तक्षेप गर्न नहुने उल्लेख गरे ।
ठूला र बलिया देशहरुले द्धन्द्ध नबढाउने, विवादरहित, आपसी सम्मान र दुवै पक्ष विजयी हुने सिद्धान्त अपनाउनुपर्ने उनको धारणा थियो ।
स्वाधीनताको अर्थ सबै देशलाई स्वतन्त्र रुपमा आफ्नो देशको समाज व्यवस्था र विकासको मार्ग छान्न दिइनुपर्छ र दुई पक्षीय सम्बन्ध बराबरीमा आधारित हुनुपर्ने, बराबरीको हैसियत दिइनुपर्नेमा सीको जोड थियो । (एजेन्सी)

0 comments:
Post a Comment