Friday, 11 September 2015

१७औं टुबोर्ग ईमेज अवार्डको मनोनयन सार्वजनिक


काठमाडौं, भदौ २५ । नेपाली सांगीतिक क्षेत्रको महाउत्सव ‘टुबोर्ग ईमेज अवार्डको १७औं संस्करण आगामी असोज महिनामा आयोजना हुँदैछ ।

ईमेज च्यानलले १७औं टुबोर्ग इमेज अवार्डका लागि शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी मनोनयन सार्वजनिक गरेको छ ।

च्यानलले २३ विधामा उत्कृष्ट पाँचभित्र पर्न सफल स्रष्टा, सर्जक, गीत–संगीत, एल्बम, म्यूजिक भिडियोको मनोनयन सार्वजनिक गरेको हो ।

२०७१ साल असार १ गतेदेखि २०७२ साल जेठ मसान्तसम्म सार्वजनिक भइ दर्ता भएका गीत–संगीत, एल्बम, म्यूजिक भिडियो र सिंगल ट्रयाकको प्राप्त आवदेनहरु मध्येबाट विज्ञहरुको छनोटमा प्रत्येक विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको हो ।

उत्कृष्ट पाँचमा पर्न सफल गीत–संगीत, एल्बम, म्यूजिक भिडियो र स्रष्टा, सर्जकमध्येबाट सर्वोत्कृट ठहरिएका प्रत्येक विधाका एकलाई असोजमा आयोजना हुने विशेष समारोहमा अवार्ड प्रदान गरिने छ ।

२२ ओटा विधामा संगीत क्षेत्रका विज्ञहरुको प्राविधिक मतबाट सर्वोत्कृष्ट छानिने छ भने ‘पब्लिक च्वाइस’ अवार्डमा जसले सबैभन्दा बढी एसएमएस भोट प्राप्त गर्छ उसैलाई विजेता घोषित गरिने छ । पब्लिक च्वाइस अवार्डका लागि एसएसएम भोटिङ पनि शुक्रबारबाटै खुल्ला गरिएकोे छ ।

गणेश रसिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

यस्तै, यस वर्ष वरिष्ठ कवि, साहित्यकार, कलाकार, गीतकार एवं आधुनिक गीत–संगीतका दीर्घसाधक गणेश रसिकलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । रसिकलाई असोजमा हुने विशेष समारोहमा यो अवार्डबाट सम्मानित गरिने ईमेज च्यानलले जनाएको छ ।

0 comments:

Post a Comment