Sunday, 6 September 2015

शाहरुख र सलमानले अभिनय थाल्दा यी नायिका कोक्रामै थिए |

मुम्बई, भदौ १७ । बलिउडमा शाहरुख खान, सलमान खानलाई अहिले पनि चर्चित र सफल नायकका रुपमा लिइन्छ । बक्स अफिसुमा यी दुबैले अभिनय गरेका चलचित्रले राम्रो व्यापार गरिरहेको पाइन्छ ।
उमेरले पाँच दशक लागेका यी नायकले बलिउडमा आफ्नो अभिनय यात्रा थाल्दा अहिलेका चर्चित कतिपय नायिका कोक्रामै खेल्दै गरेका थिए भने कतिपयको त जन्मसमेतभएको थिएन । जबकी तिनै नायिकासँग शाहरुख र सलमानले चलचित्रमा जोडीदार भूमिका निर्वाह गरेका छन् ।
शाहरुख खानले आफ्नो अभिनय यात्रा सन् १९९८ मा टेलिभिजन धारावाहिक ‘फौजी’ बाट गरेका थिए । त्यतिबेला उनको उमेर २२ वर्षको थियो ।
शाहरुखसँगै चलचित्र ‘जब तक हे जान’ मा अभिनय गरेकी नायिका कट्रिना क्याफ ५ वर्षकी हुँदा शाहरुखले अभिनय यात्रा सुरु गरेका थिए । त्यतिबेला दीपिका पादुकोण केवल दुई वर्षकी थिइन् भने अनुष्का शर्माको जन्म सोही वर्ष भएको हो । शाहरुखले दीपिकासँग अभिनय गरेको चेन्नई एक्सप्रेस तथा अनुष्कासँग अभिनय गरेको रब ने बनादी जोडी बलिउडमा सफल चलचित्र नै मानिन्छ ।
त्यस्तै शाहरुखले अभिनय थालेको पाँच वर्षपछि आलिया भट्टको जन्म भएको थियो । जबकी शाहरुख र आलिया पनि चाँडै एउटा चलचित्रमा जोडीका रुपमा देखा पर्दैछन् ।
सलमान खानले सन् १९८८ मा अभिनय यात्रा थालेका हुन् । ‘बजरंगी भाइजान’मा सलमानसँगै अभिनय गरेकी करिना कपुर सन् १९८८मा सलमानले ‘बीबी हो तो ऐसी’ चलचित्रमार्फत अभिनय यात्रा थाल्दा केवल पाँच वर्षकी थिइन् भने ‘किक’ मा सलमानकै अपोजिट भूमिका निर्वाह गरेकी ज्याक्लिन तीन वर्षकी थिइन् । (एजेन्सी)

0 comments:

Post a Comment