Tuesday, 22 September 2015

प्रधानमन्त्रीले दिए चियापान, को–को आए ? (भिडियोसहित)

काठमाडौं, असोज ४ । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएको खुसियालीमा सोमबार चियापान कार्यक्रम आयोजना गरे ।

सिंहदरबारमा आयोजना गरिएको चियापान कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादव सहभागी भएका थिए ।

कार्यक्रममा सभामुख सुवास नेम्वाङ र प्रधानन्यायाधीश कल्याण श्रेष्ठ पनि सहभागी भए ।

यसैगरी, विभिन्न दलका नेता, मन्त्री, सांसदहरु, संवैधानिक, सुरक्षा र कुटनीतिक निकायका व्यक्तिहरु, कलाकारलगायतको उपस्थिति थियो ।

0 comments:

Post a Comment