Wednesday, 23 September 2015

सावधान ! भुलेर पनि डाउनलोड नगर्नुस् यो एप्लिकेशन



एजेन्सी ।
इन्टरनेटका कारण हातमै संसार छ भनिन्छ । तर त्यही इन्टरनेटले असुरक्षा पनि बढाएको छ । इन्टरनेटमा धमकी दिएर रकम असुली गर्ने क्रम बढेपछि एक अमेरिकी सुरक्षा कम्पनीले चेतावनी दिँदै कतिपय एण्ड्रोइड एप्लिकेशन डउनलोड नगर्न प्रयोगकर्तालाई सचेत गराएको छ ।
‘एडल्ट प्लेयर’ नामको पोर्न सामग्री गराउने एपले भिडियो प्ले गर्नासाथ फ्रन्ट क्यामेराले युजरको तस्विर खिच्ने र फोन लक हुने बताइन्छ । अनि यो एपले स्क्रिनमै ५०० डलर माग्दै स्क्रिन फ्ल्यास गराउन थाल्छ । त्यसपछि त्यसमा जाँदा प्रयोगकर्ता फस्दै जाने गरेको सुरक्षा कम्पनीको भनाइ छ ।
apps never to download
विविसीसँग बोल्दै एक इन्टरनेट सुरक्षा विशेषज्ञले इन्टरनेटमा प्रयोगकर्तासँग लुट मच्चाउने सफ्टवेयर बढिरहेको बताएका छन् ।
ह्याकरहरुले आकर्षक महिलाको तस्विर देखाएर प्रयोगकर्तालाई सफ्टवेयर डाउनलोड गर्न आकर्षित गर्ने र फसाउने गरेका छन् ।
whatsapp logo
युजरको जनकारी लिएपछि डिभाइसाबाट डाटा डिलिट गर्ने धम्की दिने र पैसा असुल्ने यस्ता ह्याकरको संख्या बढिरहेको बताइएको छ ।
इन्टेल सिक्योरिटीका अनुसार पछिल्लो वर्षको अगष्ट यता यसरी फिरौती असुल्ने सफ्टवेयरको संख्या १२७ प्रतिशतले बढेको छ ।
लोभ्याउने विज्ञापन सहित आउने यस्ता एप्लिकेशन गुगल स्टोरमा नभएर सिँधै वेबसाइटबाट इन्स्टल हुने गर्छन् । फोनमा यस्ता एप्लिकेशनको खतरा भए डिभाइसलाई रिबुट गरेर सेफ मोडमा चलाउन सकिन्छ ।

0 comments:

Post a Comment