बर्दिया, भदौ १९ । शुक्रवार बर्दियाको मैनापोखरमा थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ सुनियोजित एवम् योजनावद्ध रुपले घटना घटाइएको आरोप थरुहट संघर्ष समितिले लागाएको छ ।
प्रहरी हवल्दार देवबहादुर पाण्डेको मृत्यु प्रहरीले नै चलाएको गोली लागेर भएको भन्दै थरुहट संयुक्त संघर्ष केन्द्रीय समितिका संयोजक धनीराम चौधरीले
थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतका साथ सुनियोजित एवम् योजनावद्ध रुपले प्रहरी प्रशासन र आमसञ्चार माध्यमबाट आन्दोलनकर्मीको संलग्नता भन्ने आरोप निराधार भएको चौधरीको भनाइ छ ।
हिन्दुहरुको पर्व कृष्णजन्माष्टमीका अवसरमा शुक्रवार र शनिवार मोटरसाईकल र व्यापार व्यवशायलाई खुकुलो पारिएको प्रेस विज्ञप्ती मार्फत जनाइएको छ ।
चितवन देखि कञ्चनपुर सम्म थरुहट भुमी हुनु पर्ने माग गर्दै थरुहट संघर्ष समिति र संयुक्त मधेसी मोर्चाले २६ दिन देखि बन्दको आव्हान गर्दै आएका छन् ।
शैक्षिक संस्था, व्यापार, यातायात कलकारखाना बन्द छन् । वन्दका कारण बर्दियाको जनजीवन अस्तव्यस्त वनेको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा अझै जारी छ ।
इमेज समचारबाट |








0 comments:
Post a Comment