काठमाडौं। नयाँ संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला नेपाली राजनीतिमा प्रत्यक्ष प्रभाव पार्ने भनिएको दक्षिण छिमेकी भारतका राजदूतले ‘असमान्य’ सक्रियता देखाएका छन् । संविधानसभाभित्र परिमार्जित विधेयकको धारामा मतदान शुरु हुने दिन राजदुत रणजित रायले शुक्रवा बिहानैबाट कुटनीतिक सक्रियता देखाएर संविधानसभाको जारी प्रक्रियालाई रोक्न ‘लबिङ’ गरे । रायले प्रमुख दलका नेतालाई निवासमै भेटेर प्रक्रिया रोक्न आग्रह गरे ।

उनले शुक्रवार बिहानै बालकोटस्थित ओली निवासमा पुगरे एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरे । भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राख्नुभएको ओलीले बताएका थिए ।
उनले शुक्रवार बिहानै बालकोटस्थित ओली निवासमा पुगरे एमाले अध्यक्ष केपी ओलीसँग भेटघाट गरे । भेटपछि एमाले अध्यक्ष ओलीले प्रतिक्रिया दिँदै भारतीय राजदूत रेसँगको भेटमा सहमतिमा संविधान जारी गर्ने विषयमा कुराकानी भएको बताए । राजदूत रेले सहमतिमा संविधान जारी गरेर जानुपर्ने धारणा राख्नुभएको ओलीले बताएका थिए ।
त्यस्तै उनले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन संविधानसभाको जारी प्रक्रिया स्थगित गर्न प्रचण्डलाई आग्रह गरे । भेटमा प्रचण्डले सबै पक्षको सहमतिमा छिटोभन्दा छिटो संविधान जारी गर्न प्रमुख राजनीतिक दल क्रियाशील रहेको बताएको प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए । संघीय प्रदेशको सीमा निर्धारणपछि मुलुकका विभिन्न स्थानमा विभिन्न समुदायले प्रकट गरिरहेको असन्तुष्टिलाई सम्बोधन गर्ने प्रयत्न जारी राखिएको प्रचण्डले रायलाई जानकारी दिएका थिए ।
स्मरण रहोस भारतीय राजदुतले प्रमुद दुई दलका अध्यक्षसँग गरेको भेटघाट पछि बालुबाटारमा बसेको तीन दलको बैठकले असन्तुष्ट दललाई संविधान निर्माणको प्रक्रियामा सहभागि गराउन बार्ता गर्ने भन्दै संविधानसभाको जारी प्रक्रियालाई दुई दिनको लागि स्थगन गर्ने निणर्य गरेका थिए । कुनै एक देशको राजदुतले अर्को देशको आन्तरिक राजनीतिक प्रक्रियाबारे छलफल गर्दै ‘यसो र उसो’ गरौं भनेर भन्नु कुटनीतिक आचरण बाहिरको कुरा मानिन्छ ।
भारतीय राजदूतको भेटघाटपछि प्रक्रिया रोक्ने निर्णयमा दलहरु एकमत भएको भन्दै कतिपयले सभासद एवं सर्वसाधरण नागरिकले सामाजिक सञ्जालमार्फत् राजनीतिक नेतृत्वको आलोचना गरेका छन् । एमाले नेता प्रदीप नेपालले संविधान निर्माणका क्रममा वैदेशिक हस्तक्षेप बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्तै एमाले सभासद् रञ्जुकुमारी झाले भारतीय राजदुतको असमान्य भेटलाई
कुटनीतिक आचरण विपरित भएको भन्दै आलोचना गरेकी छिन् । संविधानसभामा परिर्माजित विधेयक माथिको दफावार छलफलमा भाग लिदै उनले नेपालको आन्तरिक मामिलामा शीर्ष नेताका घर घरमा पुगेर विदेशी
राजदूतले भेट गरेको सुन्दा दुःख लागेको बताइन ।
राजदूतले भेट गरेको सुन्दा दुःख लागेको बताइन ।
सामाजिक संजाल फेसवुकमा हरि कुमार गुरुङ लेख्छन,‘ नेपाल बिगर्न मा भारत को हात । यस्ता लाई किन नेपाल छिर्न दिएको होलानि ?’ त्यस्तै नरेन्द्र केसी लेख्छन, ‘म सार्वभौमसत्ता सम्पन्न देशको नागरिक हुँ, जुन देशका शीर्ष नेताहरुलाई अन्य देशका सहसचिवस्तरका कर्मचारी शयनकक्षमै पसेर हल्लाइदिन्छन् ।’ विदेशी राजदुतलाई जथाभावि भेट्न दिएको भन्दै धेरैले नेपालका नेताहरुको आलोचना गरेका छन् ।








0 comments:
Post a Comment