Monday, 21 September 2015

संविधान घोषणा भएलगत्तै भारतले दियो यस्तो प्रतिक्रिया


संविधान घोषणा भएलगत्तै भारतले दियो यस्तो प्रतिक्रिया
काठमाडौं । नेपालमा संविधानसभाबाट संविधान जारी भएलगत्तै भारतले वक्तव्य जारी गर्दै त्यसको समर्थन गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती निकाल्दै संघीय लोकतान्त्रिक, गणन्त्रात्मक र समावेशी संविधानको समर्थन गर्ने उल्लेख गरेको छ ।
नेपालमा संविधान जारी गरिएको बारे नजिकबाट ध्यान दिइरहेको जनाउँदै भारतीय विदेश मन्त्रलायले नेपालमा जारी आन्दोलमा पनि चासो रहेको उल्लेख गर्दै भारतीय सीमाक्षेत्र रहेको तराई मधेसमा जारी आन्दोलन हिंस्रक भएकोमा चिन्ता व्यक्त गरेको छ ।
‘तराई–मधेसमा भइरहेको हिंसात्मक आन्दोलनबीच संविधान आएकाले सबै किसिमका आन्दोलनलाई वार्ताबाट सम्बोधन गर्नु जरुरी छ’, विज्ञप्तीमा भनिएको छ, ‘बढी भन्दा बढी जनताको समर्थन र स्वामित्व महसुस हुने गरी सबैको भावना समेटिनु जरुरी छ । त्यसका लागि पहिले हिंसा र धम्कीबाट मुक्त हुनुपर्छ ।’
निकै हस्तक्षेपपूर्ण विज्ञप्ती निकाल्दै भारतीय विदेशमन्त्रालयले आफ्नो सीमाक्षेत्रमा जारी आन्दोल वार्ताको माध्यमबाट हल गर्न भन्दै संवाद र बढी भन्दा बढी जनताले स्वामित्व महसुस हुने गरी अघि बढ्न आग्रह गरेको छ ।

0 comments:

Post a Comment