Wednesday, 9 September 2015

यस्तो छ नेपालको शिक्षा प्रणाली ! (भिडियो रिपोर्ट)



काठमाडौं, भदौ २२ । आज (मंगलबार) ३६औं राष्ट्रिय शिक्षा दिवस । नेपालको शिक्षा नीतिबारे लामो समयदेखि बहस हुँदै आएको छ ।

शिक्षा क्षेत्रमा रहेका व्यापक विकृति र विसंगति हटाउन नयाँ शिक्षा नीतिको खाँचो औंल्याइँदै आएको छ । तर, शिक्षामा खासै सुधार हुन सकेको छैन ।

यसै सन्दर्भमा नेपालको शिक्षा प्रणाली र शिक्षा नीतिमाथि केन्द्रित रही तयार पारिएका कार्टुनहरुको प्रदर्शनी काठमाडौंमा जारी छ ।

बालबालिकाको पढ्ने तरिका र विद्यालयको व्यवस्थाप्रति यथार्थ चित्रण गरेका ५० ओटा कार्टुन प्रदर्शनीमा राखिएका छन् । एक रिपोर्ट (भिडियो हेर्नुहोस्)

0 comments:

Post a Comment