काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका सभासद सुरेन्द्रप्रसाद चौधरीले अनपढ र परिस्थितिले नेता बनेकाहरुको हातमा नेतृत्व गएका कारण देशध्वस्त भएको बताएका छन । "८ कक्षा पास नगरेकाहरु शीर्ष नेता बनेका छन । अनपढ नेताहरुले देशध्वस्त पारे सभासद चौधरीले भने ।"
उनले, "एउटै जातथरका नेताहरु एकै ठाउँमा वसेर मुलुकको भविश्यको निर्णय
गर्ने र अरुलाई मान्छे नै नसम्झने गर्दा मुलुकमा गृहयुद्धका संकेत देखा परेको बताएका छन ।
सुशील,केपी र पुष्पकमलहरुसंग निर्णय गर्ने कुनै किसिमको क्षमता नभएको दावी गर्दै," सभासद चौधरीले भने ,"मधेस–तराईमा केही छैन , शान्त छ , भन्दाभन्दै मधेस जलिरहेको छ । आदिवासी जनजातिमा उकुसमुकुस छ । मान्छेले अहिले समान अधिकार खोजिरहेका छन । यसलाई उनीहरुले बुझन नचाहदा मुलुक गृहयुद्ध तर्फ जाँदै छ ।"
आइतबार विहान ईमेज एफएमसंग कुरा गर्दै सभासद चौधरीले, "एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउनका लागि गृहमन्त्री वामदेव गौतमले आन्दोलनकारी माथि गोली हानेको आरोप लगाए ।"
सभासद चौधरीले,"एमाओवादीका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई हिजो भारतमा बसेर नेपालमा युद्ध गरे । उनीहरु भारतका पाहुना जस्ता थिए ।
उनीहरुको विगत अहिले छताछुल्ल भएको छ । यसकारण पनि आज मधेसको कुनै साधारण नेता भारतका कुनै व्यक्तिसंग भेट्दा विरोध गर्नु गलत भएको बताएका छन ।"
उनले,"अहिलेको अवस्थालाई मिलाउन पनि संविधानका प्रक्रियालाई रोकेर सर्वपक्षीय वार्ता गर्दै सबैका समस्यामाथि छलफल गर्नु पर्ने बताएका छन ।"








0 comments:
Post a Comment