काठमाडाैं-संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गबीच भेट हुँदैछ। मेन्लो पार्कस्थित फेसबुकको हेडक्वार्टरमा नेपाली समयअनुसार अाज राती पाैने दशबजे भारतीय प्रधानमन्त्री मोदीले फेसबुक सिइअाे जुकेरबर्गसँग भेट गर्न लागेका हुन्।
जुकरबर्गले १२ सेप्टेम्बरमा मोदीसँगको भेटको पुरानो फाइल फोटो फेसबुक वालमा पोस्ट गर्दै मोदीसँगको भेटबारे पूर्व जानकारी दिएका थिए। जुकेरबर्गले मोदीलाई केही प्रश्न भए सोध्न अाह्वान गरेका छन्। भारतीय दादागिरीदेखि अाक्रोसित नेपालीहरुको उक्त पोष्टमा भीड देखिएको छ।
संविधान जारी गरेको निहुँमा भारतले नेपालमाथि लगाएको नाकाबन्दीबाट अाक्रोसित नेपालीले मोदी समक्ष अन्तरार्ष्ट्रिय कानुन र मानवीयताको सवाल उठाएका छन्। भारतको नेपालमा नाजायज हस्तक्षेपबारे प्रश्न सोधिदिन फेसबुक सिइअाेलाई अाग्रह गरेका छन्। नेपालीहरुले सवाल उठाएका छन्- सार्वभाैम मुलुकमाथि हस्तक्षेप गर्ने भारतलाई कसरी विश्वकै ठूलो लोकतान्त्रिक मुलुक मान्ने?
उक्त फोटोको तल अाइतबार साँझ ६:३० बजेसम्म विश्वभरबाट ४० हजारबढी फेसबुक प्रयोगकर्ताहरूले प्रतिक्रिया जनाएका छन्। पछिल्ला प्रश्नहरू नेपालमाथिको भारतीय हस्तक्षेपबारे केन्द्रित छन्।जुकेरबर्गको पोष्टमा यस्ता छन्ः

नवराज गाैतमले लेखेका छन्, 'मोदीजी नेपालको आन्तरिक मामिलामा दख्खल दिने अधिकार कस्ले दियो? नेपालमा नाकाबन्दी गर्नुको उद्देश्य प्रष्ट पारिदिनु होला।'
अलुस कुँवरले भनेका छन्, 'मोदीजी, नेपालको राजनीतिमा भारतले किन यति धेरै चासो राख्छ? हामी सार्वभैम देश हौं। नाकावन्दी किन ?'
अलुस कुँवरले भनेका छन्, 'मोदीजी, नेपालको राजनीतिमा भारतले किन यति धेरै चासो राख्छ? हामी सार्वभैम देश हौं। नाकावन्दी किन ?'
यसै सन्दर्भमा राजु आचार्य लेख्छन्- मोदी ठूलो लोकतान्त्रिक देशबाट हुन् र?'
सागर पाण्डेले प्रश्न साेधका छन्- 'मार्क यो मोदीलाई यो प्रश्न राखिदिनु, भारतले किन आफ्नो छिमेकमा रहेको एक सार्वभौम देशमाथि नाकावन्दी गरेको छ?'
खत्री केवी लेख्छन्- 'तपाईको दिमाग परिवर्त गर्नुहोस्। नेपाल सार्वभौम देश हो भारतको कुनै भाग होइन।'

0 comments:
Post a Comment