घैंटे इन्काउन्टरपछि एसएसपी सर्वेन्द्र खनाल चर्चामा छन् । कांग्रेसका केही नेता घैंटे इन्काउन्टरको विरोधमा उत्रे पनि धेरैले स्वागत गरे । काठमाडौंलाई अपराधमुक्त बनाउने योजना बनाएको एसएसपी खनालले महानगरीय अपराध महाशाखा टेकुको कमान्डर समालेपछि आफ्नो ‘एक्सन’ अगाडि बढाएका हुन् ।
प्रहरी प्रधान कार्यालयबाट महानगरीय अपराध महाशाखा टेकु गएपछि उनले राजधानीमा अपराध नियन्त्रण र अपराधीको कारबाहीलाई प्राथमिकतामा राखेका थिए । आफ्नो ‘एक्सन प्लान’ अगाडि बढाएपछि उनी छोटो समयमै चर्चामा मात्रै आएनन्, धेरैका सराहनाका पात्र पनि बनेका छन् ।

अञ्चल प्रहरी कार्यालय जनकपुर र नारायणीमा रहेर उनले कुशल नेतृत्व देखाएका थिए । त्यहाँबाट उनले मान–सम्मान पनि पाए । त्यति मात्र होइन, सीमा क्षेत्रमा अपराध नियन्त्रणमा भूमिका खेलेको भन्दै उनी भारतीय पक्षबाट पनि सम्मानित भएका थिए ।
एसएसपी खनालको कार्यशैलीबाट राजधानीवासी खुसी नै देखिन्छन् । पछिलो एकदशकदेखि थाती काम दुई महिनामै पूरा गरेर उनले आफ्नो कार्य क्षमतालाई देखाएका छन् । उनले २ असारमा महानगरीय अपराध महाशाखाको नेतृत्व सम्हालेका थिए । तर, भित्र–भित्र काम थालेका उनी त्यति बेला चर्चामा आए, जब डन घैंटेको इन्काउन्टर गरे ।
इमानदार छवि निर्माण गरेका खनाललाई डन घैंटेको इन्काउन्टरले थप प्रोत्साहन गरेको छ । उनी टोले गुन्डाहरूलाई समेत तह लगाउने बताउँदै आएका छन् । घैंटे इन्काउन्टरपछि प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी महानिरीक्षकसहितका उच्च अधिकारीहरूबाट उनले धन्यवाद पाए ।
गत ३ भदौमा कपुरधारामा भएको इन्काउन्टरमा घाइते घैंटेलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा लैजाँदा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । उनको साथबाट प्रहरीले २२२२० सिरियलको एक थान विदेशी अटोमेटिक पेस्तोल र सोही पेस्तोलमा लाग्ने चार थान गोली बरामद गरेको बताइएको थियो । उनका दुईजना साथी राजकुमार महर्जन र सुरेन महर्जन घटनास्थलबाट पक्राउ परेका थिए । भिडन्तमा असइ बालकृष्ण सञ्जेल, असइ रञ्जित लामा र जवान हेमन्तबहादुर चन्द घाइते भएको महाशाखाले जनाएको छ ।
घैंटेको इन्काउन्टरपछि राजधानीमा रहेका अन्य डन फरार छन् । स्रोतका अनुसार प्रहरीको ‘टार्गेट’ बाट बच्न डन राजनीतिक संरक्षणको खोजीमा लागेका थिए । उपत्यकाका विभिन्न ठाउँमा हातहतियारसहितका आपराधिक समूहले पेसाकर्मी, व्यवसायीलाई धम्क्याउने, त्रास देखाउने र अवैध रूपमा रकम असुली गरेर गुन्डागर्दीको सञ्जाल चलाउँदै आएका थिए । प्रहरीले उनीहरूमाथि अहिले निगरानी बढाएको छ ।
घैंटेको इन्काउन्टरमा मात्र होइन, खनाललाई अरू अपराध नियन्त्रणमा पनि सफलता मिलेको छ । स्पेसटाइम नेटवर्कका सञ्चालक एव. च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहको हत्यामा संलग्न रही पूर्वडिएसपी जगदीश चन्द पनि पक्राउ परे ।
घैंटेको इन्काउन्टरमा मात्र होइन, खनाललाई अरू अपराध नियन्त्रणमा पनि सफलता मिलेको छ । स्पेसटाइम नेटवर्कका सञ्चालक एव. च्यानल नेपाल टेलिभिजनका अध्यक्ष जमिम शाहको हत्यामा संलग्न रही पूर्वडिएसपी जगदीश चन्द पनि पक्राउ परे । उनी विगत ६ वर्षदेखि फरार थिए । खनालकै योजनामा चन्दलाई असार १२ गते महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । २४ माघ ०६६ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावासको मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेर शाहको हत्या गरेका थिए ।
उच्च शिक्षा अध्ययनका लागि विदेश पठाउने नाममा बिनाअनुमति राजधानीमा खोलिएका कन्सलटेन्सीमाथि पनि खनालले अप्रेसन चलाएका छन् । जनतालाई ठगेर कमाइखाने भाँडो बनेका दर्जनौँ कन्सलटेन्सी खनालकै निर्देशनमा कानुनी दायरामा ल्याइएको छ ।
त्यसैगरी विभिन्न सहकारी खोलेर ठगीका काम गर्दै आएका दर्जनभन्दा बढी सञ्चालकलाई पनि उनले कानुनी दायरामा ल्याउन सके ।
काठमाडौंलाई लागूऔषध व्यापारको ट्रान्जिट बनाउन खोजेका अपराधीलाई महाशाखाका टोलीले विभिन्न स्थानबाट लागुऔषध र यार्सागुम्बासहित पक्राउ गरेको छ । असार २ गते यता एसएसपी खनालको निर्देशनमा महानगरीय अपराध महाशाखाका टोलीले हत्या, अपहरण, ठगीजस्ता मुद्दामा संलग्न चार दर्जनभन्दा बढी अभियुक्तलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याएको प्रहरी तथ्यांकमा उल्लेख छ ।
यसअघि खनाल अञ्चल प्रहरी कार्यालय नारायणीमा हुँदा उनले प्रहरी अफिसरको भूमिका मात्रै निर्वाह नगरी असल समाजसेवी भई शान्ति सुरक्षाका साथै विकास निर्माण र सामाजिक विकृति हटाउन अहं भूमिका खेलेका थिए । हत्या, अपहरण, विभिन्न भूमिगतको नाउमा चन्दा संकलन, तस्करीजस्ता आपराधिक गतिविधि उनको विशेष सक्रियताले न्यून भएका थिए ।
समाजमा शान्तिसुरक्षा कायम गराउन भूमिका खेलेको भन्दै उनलाई वीरगन्जमा एक सय किलो फूलको माला लगाएर सम्मानसहित बिदाइ गरिएको थियो । खनालको कामबाट प्रभावित भएर भारतको रक्सोलस्थित नागरिक अगुवाले पनि औपचारिक कार्यक्रम गरेर उनलाई सम्मानित गरेका थिए ।
वीरगन्जमा बढेको प्रहरीको सक्रियताले भारतीय क्षेत्रमा समेत शान्तिसुरक्षामा सुधार भएको अगुवाले बताएका थिए । एसएसपी खनालसँग भारतीय प्रहरी अधिकृतले पाठ सिक्नुपर्ने उनीहरूको धारणा थियो । त्यत्रो ठूलो सम्मान पाउने सम्भवतः उनी नेपाल प्रहरीका पहिलो अफिसर हुन् । भारतमा सम्मान पाएर उनले समग्र नेपाल प्रहरीको गरिमा बढाएको जानकारको दाबी छ ।
जनकपुर हुँदा त्यहाँ मौलाउँदै गएको सशस्त्र भूमिगत संगठन नियन्त्रणमा पनि उनको भूमिका उल्लेखनीय थियो । सभासद् सञ्जय साह टकलामाथि पनि कारबाही चलाएका महानगरीय अपराध महाशाखाका प्रमुख खनालले राजधानीलाई अपराधमुक्त बनाउन आफू पूर्ण प्रतिबद्ध रहेको रातोपाटीलाई बताएका छन् । नेपाली नागरिक स–सम्मान मर्यादित जीवन गुजार्न पाउनुपर्ने र अपराधीसँग जस्तोसुकै मुकाबिला गर्न दृढ रहेको खनालको भनाइ छ ।
पछिल्लो समय राजधानीमा गुन्डागर्दी, आर्थिक अपराध, यौनजन्य अपराध बढेको स्विकार्दै उनले नागरिकको जिउधन तथा देश–विदेशका पाहुनाको सुरक्षार्थ विवेक पुर्याई न्यायसंगत रूपमा कार्य गर्ने रातोपाटीलाई बताए ।

0 comments:
Post a Comment