Wednesday, 23 September 2015

फेसबुकमा केही गल्ती पोस्ट भए कसरि डिलिट गर्ने? सिकी राखौ !!



फेसबुक पोस्टमा यदि केही गल्ती भएमा सो गल्ती पाँच सेकेन्ड भित्र सुधार्न सकिन्छ, कसले त्यो पोस्ट देख्नु भन्दा पहिले नै।
पाँच सेकेन्ड भित्र गल्ती भएको पोस्ट डिलिट पनि गर्न मिल्छ।
अधिकांस समय फेसबुकमा बिताउने अनि दैनिक जस्तो फेसबुकको वालमा पोस्ट गरिरहने यदि तपाइ हुनुहुन्छ भने कहिले काँही पोस्ट गरेपछि ‘हत्तेरी! यो त राख्न नहुने!’ भन्ने खालका पोस्टहरु झटपट डिलिट गर्नु पर्ने स्थिती पनि आउँछ।
facebook lady
केही मिनेट मात्र सो पोस्ट ‘पब्लिस’ भए लाइक र कमेन्ट आउन सुरु भइहाल्छ। अनि त्यसपश्चात तपाईले सो पोस्ट डिलिट गर्नु भयो भने, कमेन्ट वा लाइक गर्ने मानिस सोच्नेछन्, ‘के थियो हो! त्यो पोस्टमा, डिलिट गरेछ त!’ यस्तो अवस्था आउन नदिन फेसबुकले एक अगलै सेवा दिएको छ।
अन-डुको फिचर
वास्तवमा फेसबुकले तपाईको पोस्टलाई ‘इडिट’ गर्ने सुविधा पनि दिएको छ। तर ‘अनडु’ एक भिन्न सुविधा हो, जुन निकै कमलाई थाहा छ।
अनडुको लागि भने क्रोम ब्राउजरमा एउटा ‘एक्सटेन्सन’ डाउनलोड गर्नु पर्छ। त्यसपछि उक्त एक्सटेन्सन ‘एनेबल’ गर्नु पर्छ। यस्तो गर्नाले फेसबुकमा ‘पोस्ट’ बटन क्लिक गरेपछि पनि ‘अन-डु’ गर्न मिल्छ। पोस्ट बटनसंगै यो ‘एक्स्टेन्सन’ले ‘अन-डु’को बटन पनि राखिदिन्छ।
तर पाँच सकेन्ड भित्र यो बटन क्लिक गरिएन भने पोस्टलाई किन त ‘इडिट’ कि त ‘डिलिट’ गर्ने विकल्प मात्र बाँकि हुन्छ।
क्रोमको एक्स्टेन्सन डाउनलोड गर्ने पेजमा जान यहाँ क्लिक गर्नुहोस। यो पेजमा गएर ‘Facebook undo’ सर्च गरि कुनै एक एक्स्टेन्सन इन्स्टल्ड गर्न सकिन्छ।

0 comments:

Post a Comment