Saturday, 12 November 2016

नेपाल Vs लाओस बिरुद्दको सोलिडारिटी कप सेमिफाइनल फुटबल खेल लाइभ यहाँबाट हेर्नुहोस !



काठमाडौं, २७ कार्तिक।मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको सेमिफाइनलमा नेपालले आज लोओससँग प्रतिस्पर्धा गर्दैछ।

समूह एको बिजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह बीको उपबिजेता लाओससँग फाइनल प्रवेशका लागि खेल्न लागेको हो।



नेपाल र लाओसबीचको खेल मलेसियाको कुन्चिङस्थित सारावा स्टेट रंगशालामा नेपाली समय अनुसार आज दिउँसो सवा २ बजे हुनेछ।

तीन टोली सम्मिलित समूह ए मा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो।नेपालले शनिबार भएको पहिलो खेलमा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो भने मंगलबार भएको दोस्रो खेलमा बु्रनाईलाई ३-० को फराकिलो गोल अन्तरले पराजित गरेको थियो।

त्यसैगरी समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा श्रीलङ्कालाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने मकाउसँग ४–१ गोलअन्तरले पराजित भएको थियो।

समूहचरणको अन्तिम खेलमा भने लाओसले मंगोलियालाई ३-० गोलअन्तरले पराजित गर्दै उपविजेता बन्दै सेमिफाइनलमा आफ्नो यात्रा तय गरेको थियो।

आजै हुने अर्को सेमिफाइनल खेलमा मकाउ र ब्रुनाई भिड्नेछन्।प्रतियोगितामा समूह बीको विजेताको रुपमा मकाउ सेमिफाइनलमा प्रवेश गरेको हो भने समूह एको उपविजेता ब्रुनाई हो।

मकाउले मंगोलिया र लाओसलाई पराजित गरेको थियो भने श्रीलंकासँग बराबरी खेलेको थियो। उक्त खेल मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा हुनेछ।सोलिडारिटी कप एएफसीले आफ्ना कमजोर सदस्य राष्ट्रका लागि आयोजना गरेको प्रतियोगिता हो |

आज हुन गइरहेको नेपाल Vs लाओस बिरुद्दको सोलिडारिटी कप सेमिफाइनल फुटबल खेल लाइभ यहाँबाट हेर्नुहोस !



0 comments:

Post a Comment