मन्त्री हुनअघिसम्म सार्वजनिक सावारी साधन र कहिलेकाही साइकलमा यात्रा गर्ने नेता पण्डितको आफ्नो नीजि सवारी साधन छैन । नाम मात्रका पुर्व मन्त्रिहरुका चुरी फुरीमा उनि पर्दैनन् उनि काम गरेर उदारहणिय बनेका मन्त्री हुन अघिल्लो सरकारमा सामान्य प्रशासन मन्त्री रहि वाहवाही कमाएका थिए । सादा जीवन उच्च विचारलाई प्राथमिकता दिने नेता पण्डित डिभी, पिआर र ग्रिनकार्ड लिने कर्मचारी, नेताहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाएर चर्चामा आएका थिए ।
कैयौ नेता तथा उच्च पदाधिकारीहरुले राज्यबाट चाहिनेभन्दा बढी सेवा सुविधा लिइरहेका बेला लालबाबु भने आफ्नै पैसाले सार्वजनिक यातायात चढेर जनताका लागि नमुना बनेका छन् । आम सामान्य मान्छेले झै यिनै सवारी साधनमा झुण्डिएर उनी आफ्नो दैनिक यात्रामा हुन्छन । मंगलवार पण्डितको यस्तै सादगी यात्राको तस्वीर सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ । पण्डितका सहयोगी वासिम वालमले टेम्पोक्रो यात्राको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन ।










0 comments:
Post a Comment