
आगामी पाँच वर्षभित्रमा वहालवाला, भूपू सैनिक र तिनका आश्रित परिवार गरी ४५ हजारलाई लघुवित्तमार्फत पाँच अर्ब लगानी गर्ने महत्वपूर्ण कार्ययोजना सेनाले अघि सारेको छ । मुलुकमा अहिले ६७ हजार ५०० को हाराहारीमा भूपू सैनिक र आश्रित परिवारजन छन् भने नेपाली सेना ९६ हजार जनशक्ति भएको प्रमुख सुरक्षा सङ्गठन हो । नेपाली सेनाले भूपू सैनिक सम्मेलन तीनरतीन वर्षमा गर्ने कार्ययोजना समेत अघि सारेको छ । सैनिक कल्याणकारी कोषबाट वहालवाला, अवकास प्राप्त सैनिक एवम तिनका परिवारको वृहतरहितको लागि स्वास्थ्य, शिक्षा, आर्थिक अनुदान, परिवार आवास गृह, सैनिक महाविद्यालय जस्ता कल्याणकारी कार्यक्रम सञ्चालनमा रहेका छन् । नेपाली सेनाले स्वास्थ्य विज्ञान संस्थान, व्यावसायिक तालिम संस्थान, कल्याणकारी बोर्ड समेत सञ्चालन गर्दै आएको छ भने त्रिचन्द्र मिलिटरी हस्पिटल पनि सञ्चालन गरिरहेको छ । सैनिक कल्याणकारी कोषको मूल पुँजीबाट आर्जित ब्याज र लगानीबाट प्राप्त प्रतिफल नै कल्याणकारी कार्यको एक मात्र भरपर्दा स्रोत हो । सैनिक कल्याणकारी कोषमा लगानी गरिएको तीन अर्ब ९३ करोड, ९८ लाख ९० हजार समेत गरी फागुन मसान्तसम्ममा ३४ अर्ब ९० करोड ४५ लाख ४६ हजार पुगेको छ । सो कोषबाट हालसम्म ८ लाख भन्दा बढीले सेवा तथा सुविधा प्राप्त गरिसकेको नेपाली सेनाले जनाएको छ ।

कल्याणकारी बोर्डमार्फत प्रदान गरिँदै आएको सेवालाई थप प्रभावकारी तुल्याउन सरकारको नीतिगत र आर्थिक सहयोगको लागि आवश्यक अध्ययन र समन्वय हुँदै आएको सेनाले जनाएको छ । सेनाले गत वैशाखमा गएको भूकम्पमा परी मृत्यु, बेपत्ता तथा भौतिक क्षति बेहोरेका वहालवाला तथा अवकास प्राप्त गरी ५३ हजार ७७५ जनालाई राहत स्वरुप कल्याणकारी कोषबाट दुई अर्ब ४९ करोड पाँच लाख ५७ हजार रकम प्रदान गरेको थियो । राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका लागि संविधानप्रति प्रतिवद्धरही राष्ट्रियहितको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनको लागि नेपाली सेना सदा समर्पित रहदै आएको बताए । कल्याणकारी कोषका हिताधिकारीलाई सहयोग तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सङ्गठनबाट थप चिन्तन र अध्ययन हुँदै आएको छ,उनले भने । समारोहमा वहालवाला सैनिकलाई लघुवित्त सञ्चालन गर्न अन्यन्तै न्यून ब्याजमा ऋण प्रदान गरिएको चेक हस्तान्तरण गरिएको थियो । काठमान्डु टुडे बाट ।








0 comments:
Post a Comment