Sunday, 27 March 2016

धुर्मुसले गरे कृषिमन्त्रि रोएको नक्कल (भिडियोसहित हेर्नुहोस)


काठमाडौं–चलचित्र राहदानीको कथाले मन छोएपछि क्यामेरा सामु नै भक्कानिएका कृषिमन्त्री हरिबोल गजुरेल अहिले चर्चामा छन् । मन्त्रालय सम्हालेर बसेका मन्त्रीले डाँको छोडेर रोएको भिडियो भाईरल बन्यो ।


कतिपयले मन्त्रीको रुवाईलाई बनावटी भन्दै टिप्पणी गरे भने कतिपयले उनीप्रति साहानुभूति जनाए । मन्त्री आफैँले पनि चलचित्रमा समेटिएको मार्मिक कथाले आफ्नो आँशु झरेको बताएका छन् । यसैको नक्कल गर्दै हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) ले रुँदै अन्र्तवार्ता दिएको भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो ।



0 comments:

Post a Comment