१६ करोडको लगानीमा महानगर यातायात प्रालिले ३९ वटा बस आजदेखि संचालनमा ल्याउन लागेको हो ।
काठमाडौंको बनस्थलीमा दिउँसो २ बजे विशेष कार्यक्रम गरी बस संचालनको सुरुआत गरिने महानगर यातायात प्रालिका सन्तोष खतिवडाले सेतोपाटीलाई जानकारी दिए।
बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सहज हुने अनुमान गरिएको छ। बसले चक्रपथ परिक्रमा गर्ने छ ।
लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् ।
बस चढ्नका लागि कुर्न नपर्ने र एप्स हेरेर बस अाउने समय पत्ता लगाएर बस स्टपमा जान सकिने महानगर यातायात प्रालिले जनाएको छ।
बसमा उपलब्ध निशुल्क वाइफाइ तथा टेलिभिजनको सुविधा छ ।








0 comments:
Post a Comment