Wednesday, 6 January 2016

वर्षको खेलाडी किनबेच बजारमा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी पहिलो स्थानमा, भने रोनाल्डो चौंथो


पुस २२ – यो वर्षको खेलाडी किनबेच बजारमा बार्सिलोनाका स्टाइकर लियोनल मेस्सी सबै भन्दा मूल्यवान रहेको एक अध्ययनले देखाएको छ । सिआइइएस फुटबल अब्जरभेटरीले निकालेको अर्धवार्षिक प्रतिवेदनमा यो मेस्सी सबै भन्दा मूल्यवान देखिएका छन् ।


रियल मड्रिडका स्टाइकर क्रिष्टियानो रोनाल्डो भने चौंथो नम्बरमा परेका छन् । रोनाल्डो भन्दा इंग्लिस क्लब चेल्सीका स्टाइकर इडेन हजार्ड र स्पेनिस क्लब बार्सिलोनाका स्टाइकर नेइमार यो वर्षको खेलाडी किनबेच बजारमा बढी मूल्यवान देखिएको प्रतिवेदनमा उल्लेख छ । 


बार्सिलोनाका अर्जेन्टाइनी स्टाइकर मेस्सी २५ करोड सात लाख युरो मूल्यसहित मूल्यवान खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् । ११ करोड ४० लाख युरो मूल्य रहेका रोनाल्डो चौंथो नम्बरमा छन् । 


रोनाल्डो भन्दा अघि रहेका नेइमार १५ करोड २७ लाख युरो मूल्यसहित दोस्रो र १३ करोड पाँच लाख युरो मूल्यसहित हजार्ड तेस्रो नम्बरमा रहेको सिआइइएसको अर्धवार्षिक प्रतिवेदनमा उल्लेख छ । 


टोटनह्यामका ह्यारी केन, म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ, एथ्लेटिको मड्रिडका एन्टोइने ग्रिजम्यान, बार्सिलोनाका लुइस स्वारेज, म्यानचेस्टर सिटीका सर्जियो अग्युरो र आर्सनलका एलेक्स सान्चेज किनेबेच बजारका लागि मूल्यवान खेलाडीको सूचीमा क्रमशः उत्कृष्ट १० मा पर्न सफल भएका छन् । 
– एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment