Monday, 4 January 2016

तपाईको व्याइफ्रेन्ड तपाईंको लागि हो कि होइन भनेर जान्ने ४ तरिकाहरु जानी राख्नुहोस !!


वास्तवमा कुनै युवकलाई तपाईले आफनो व्याइफ्रेन्ड बनाउनु भएको छ भने अवश्य पनि धेरै चीजहरु विचार गरेर उसलाई आफनो व्याइफ्रेन्ड बनाउनु भयो । के तपाईले छनोट गरेको युवक तपाईकै लागि हो त ? यसमा कत्तिको विश्वस्त हुनुहुन्छ ? आज हामी यही कुरामा छलफल गर्दैछौं । केही यस्ता टिप्सहरु दिन्छौं, केही तरिकाहरु बताउँछौं, जसलाई प्रयोग गरेर तपाइँ आफनो व्याइफ्रेन्डलाई चेक गर्न सक्नुहुन्छ, मुल्यांकनगर्न सक्नुहुन्छ कि ऊ तपाईको लागि हो वा होइन ! तपाईको व्याइफ्रेन्ड तपाईको लागि सही छ वा छैन, जान्ने धेरै तरिकाहरु छन्, जसमध्ये हामी यहाँ ४ वटा तरिकाहरु मात्र प्रस्तुत गरिरहेका छौं ।


त्यो अनुभव तपाईले आफनो व्याइफ्रेन्डको बारेमा गरिरहनु भएको छ वा जब तपाईको व्याइफ्रेन्ड प्रेमी तपाईको ढोकामा आइपुग्छ, त्यसबेलाको अनुभव तपाईले गर्नुभएको छ । यसको अर्थ तपाईले एकजना मानिस फेला पार्नुभएको छ । तपाईं यो ठ्याक्कै बताउन सक्नुहुन्छ कि तपाईले भेटाएको मानिस एकदम सही छ ।

थप महत्वपुर्ण कुरा के छ भने, तपाईं दुवै जनाको व्याइफ्रेन्ड गलफ्रेन्ड जोडी साच्चै एक राम्रो म्याच हो भनी कसरी भन्न सक्नुहुन्छ ?

अब यहाँ हामीले जम्मा ४ वटा तरिका दिएका छौँ जसले तपाईंले रोजेको मान्छे तपाइको सधैंभरिको सम्बन्धको लागि हुनुहुन्छ कि हुनुहुन्न भनेर यसले बताउन मदत गर्नेछ ।


१. लुक्स: यो पुर्ण रुपले सतही देखिन्छ, तर तपाईं यस बारेमा पुर्णतः इमानदार हुनुपर्छ जब त्यस्तो समय, व्याइफ्रेन्ड को लुक्समा विचार गर्नुपर्ने समय आइरहेको हुन्छ । तपाईंलाई यो मान्छे आकर्षक लाग्छ ? तपाईं आफनो जीवन, बाँकीको सारा जीवन उससँग आरामले बिताउन सक्नुहुन्छ वा यो मान्छेसँग खुशीसँग बितिरहेको झझल्को हेरिरहनुभएको छ कि छैन ? गहिरिएर नहडबडाइकन यसमा विचारमग्न हुनुहोस् । नत्र पछि पछुताउनुपर्ला । तपाईं डेटिङ मा हुनुहुन्थ्यो, त्यसैले उसलाई सही मानिरहनुभएको त छैन ? यो एकदम मननीय कुरा हो । यसमा कहिल्यै पनि नचुक्नुहोस् ।

तपाईंले अर्को कदम अगाडि चाल्नुभन्दा पहिले साच्चै यसप्रति गम्भीर रुपले सोच्न चाहनुहुन्छ ? निर्णय तपाईको हातमा छ । जीवन तपाईले बिताउने हो । अतः निर्णय पनि तपाईको नै हुनुपर्छ । तपाईं निर्णय लिनुअघि उसले आफूलाई परिवर्तन गर्छ ? यस मान्छेले तपाईको व्यक्तिगत सरसफाई, स्वस्थ जीवन, वजन, सभ्य पहिरनप्रति सजग छ वा ध्यान दिइरहेको छ ? तपाईंको चिन्ता विषयमा यस मान्छेले कुराकानी गर्न चाहन्छ ? तपाईको विषयमा उसले कतिको कुराकानी गरिरहेको छ ? यस बारेमा ध्यान दिइरहेको छ कि छैन – यस्ता यावत कुराहरुलाई तपाई मनन गर्नु नै पर्छ ।


२. साझा विश्वास:  यो आफनो धामिर्क पृष्ठभूमि भन्दा धेरै बढी को कुरा हो । साझा विश्वास को मतलब यस कुरालाई इंगित गर्छ कि तपाईं दुइको जीवन बारे समान विचारहरु छन् त ?

कसरी बाँच्ने, कुन पेशा अंगाल्ने, भविष्यका आफना लक्ष्यहरु कसरी हासिल गर्ने, वितीय लक्ष्य र दर्शन र मानवताका बारेमा समान भावना तपाईहरुको वीचमा छ त ? छैन भने कुन हदसम्म समान छैन ? भिन्नता छ भने कत्तिको भिन्नता छ । यी कुराहरुले पनि भविष्यमा तपाईको जीवनलाई खुशीयाली वा दुखीयाली के बनाउने हो भन्ने कुरा निक्र्यौल गर्छ । तपाईको आफनो मान्छेले के सोच्छन् ? तपाईको यो मान्छेले तपाईले पछि भविष्यमा केही प्राप्त गर्न सक्दैन भनेर विश्वास गरिरहेका छन् भने तपाईको सम्बन्धमा एक गम्भीर समस्या आउन सक्छ । यो अहिले वर्तमान ठीक हुन सक्छ, तर भविष्यमा खतराको संकेत दिन्छ । अन्ततः तपाईंको जीवनमा एउटै आधारभूत दृष्टिकोण भएको व्यक्तिसँग सबै कुरा बाँडन नसक्ने सहजताको वातावरण महसुस गर्न सक्नुहुने छैन । त्यहाँ जहिले पनि तपाईं आफूलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ, तर त्यो अवस्थामा जानु एक ठूलो जोखिम हुन सक्छ । उसले पनि आफूलाई परिवर्तन गर्नुपर्ने हुन सक्छ, तर त्यो अवस्थामा जान ऊ चाहन्छ कि चाहदैन, आफूलाई तपाईको खुशीको लागि परिवर्तन गर्न चाहन्छ कि चाहदैन । यदि तपाईं दुइजनाले संसारको बारेमा वा आफनो जीवनशैलीको सम्बन्धमा समान विचारहरु सधै लिनुहुन्छ भने यो धेरै खुशीको कुरा हो ।


३. भावनात्मक परिपक्वता: भावनात्मक परिपक्वताको एउटै स्तरमा सबै मानिसहरु हुन्छन् भन्ने छैन । पारस्परिक कौशल जुन तपाईसँग छ, जसले तपाई चोट वा खुसी महसुस गर्नमा तपाईंलाई सहायता गरिरहेको छ, जुन कौशलता तपाईमा बाल्यकालदेखि नै विकसित हुदै आएको छ, यो भावनात्मक परिपक्वताले पनि तपाईहरुको वीचको सम्बन्धलाई प्रस्फुटन गरिरहेको हुन्छ ।

तपाईं र तपाईंको प्रेमीले दुवैसँग भावनात्मक छ जुन शायद परिवर्तन हुन मानिरहेको हुदैन, यस्तो अवस्थामा तपाईं धेरै लड्न थाल्नुभयो भने तपाईंहरुमध्ये एक वा दुवै जना भावनात्मक परिपक्व धेरै छैन भन्ने अर्थ देखाउँछ । यदि यसले तपाईलाई दुःख दिन्छ भने तपाईको यो रिसलाई नियन्त्रण गर्न सक्षम छैन, सहानुभूतिशील छैन, सम्झौतावान छैन भने सोचे हुन्छ । आजीवन ऊसँग तपाई आफनो समय कसरी बिताउनुहुन्छ भन्नेतिर सोच्नुपर्ने अवस्था आइसक्यो । यदि तपाईको व्याइफ्रेन्ड भावनात्मक रुपले सहयोगी छैन भने दुइपल्ट सोच्ने बेला आइसक्यो भन्दा हुन्छ ।


४. बौद्धिकता: बौद्धिकता हरेक व्यक्ति हुने अलग अलग कुरा हो । जुन निर्णात्मक कुरामा निर्भर रहन्छ । कहिलेकाहीं महिलाहरुले लाटा मान्छेसँग डेटिङ गर्छ र अझै पनि भन्छे म पूणरुपमा खुसी छु । कहिलेकाँही ऊ कति मुर्ख छ भने कडा रुपले भन्न सक्दैन । कहिलेकाँही ऊसँग कति धेरै दिमाग छ भनेर तारिफयोग्य विचारहरु सृजना गरिरहेका हुन्छौं । आफनो स्कोरको बीच भिन्नता पत्ता लगाउँदा तपाईलाई दुःखी बनाउँछ । यद्यपि ऊसलाई यस दृष्टिकोणले हेर्नु यद्यपि एक राम्रो विचार होइन ।

जस्तो उदाहरणको लागि यसलाई प्रयोग गर्न सक्नुहुन्छ । यसलाई आफनो जीवनमा परिक्षण गर्न सक्नुहुन्छ । तपाई कुनै शनिवारको दिन वा विदाको दिन आफनो यस प्रेमीसँग सोध्न सक्नुहुन्छ । तपाईको परिवारको अन्य सदस्यहरुको नाम उसलाई कति थाहा छ कि छैन भनेर सोध्न सक्नुहुन्छ . उसलाई तपाईको परिवारको सदस्यहरुको बारेमा सम्झना छ कि छैन भनेर जाँच्न सक्नुहुन्छ । यो एउटा नमुन प्रश्न मात्र हो । यस्ता धेरै प्रश्नहरु हुन सक्छ । यसले इंगित गर्ने कुरा के हो भने तपाईप्रति तपाईको यो व्याइफ्रेन्ड कत्तिको इमान्दार, झुकाव,छ भन्ने कुरा झल्काइरहेको हुन्छ ।

यदि भन्न सके भने तपाई एकदम सही हुनुहुन्छ र तपाईको प्रेमी पनि एकदम सही छ भनेर जान्नुहोस् । यदि भन्न सकेन भने तपाईले सोच्नुपर्ने अवस्था आइसकेको छ र तपाईको प्रेमीलाई सम्झाउनुपर्ने सही समय आइसक्यो भनेर जान्नुहोस् ।

0 comments:

Post a Comment