Saturday, 26 December 2015

आइएस को अपहरणको शिकार भै अनेकौ प्रकारको यातना अनि बलात्कार सहेकी एक बालिकाको बयान (भिडियो)


काठमाडौं, ११ पुस । म रोईरहेकी थिएँ, म चिच्याइरहेथेँ । मैले भने, ‘म एकदम सानी छु, तर तिमी यतिधेरै ठूला छौ ।’ उसले मलाई पिट्यो । मलाई लात्तैलात्ताले हान्यो र पिट्न थाल्यो । केही समयपछि एक अर्को मान्छे मेरो नजिक आयो । म अहिले पनि फर्शमा तल हेरिरहेको थिएँ …।’


यो अनुभव हो एक यजीदी युवतीको, जसले बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषद (युएनएससी)को आतंकवादी संगठन इस्लामिक स्टेटको समाप्त गर्नको लागि मार्मिक गुहार मागिन् । ती युवतीले आफूसँग आइएस आतंकवादीबाट भएको अत्याचार र बलात्कारको बारेमा पनि बताइन् ।

आइएस आतंकवादीले ती युवतीलाई संघर्षको दौरान ‘लुटेको माल’ सम्झिएर अपहरण गरेको तीन महिनासम्म उनीहरुको हिरासतमा राखे । युवतीले मानव तस्करीमाथि युएनएससी बैठकमा अत्याचारको बारेमा मार्मिक ढंगले कुरा राखिन् ।

रिपोर्टका अनुसार, युवतीको उमेर २१ वर्ष हो र नाम नाडिया मुराद बासी ताहा हुन् । नाडियाले १५ सदस्यीय परिषदको मानव तस्करीमाथि भएको पहिलो बैठकमा बताएकी हुन् । ‘बलात्कार महिला र युवतीहरुको जिन्दगी बर्बाद पार्नका लागि गरिन्छ, यसबाट महिलाहरु कहिल्यै पनि साधारण जीवनमा फर्कन सक्दैनन् ।’

इराक र सिरियाका सीमा क्षेत्रमा कब्जा गरिसकेका आइएसको अत्याचारको बारेमा बताउँदै उनले भनिन्, ‘इस्लामिक स्टेटले यजीदी महिलाहरुको तस्करीका लागि मासुमा रुपान्तरण गरिदिएका छन् ।’

भिडियो हेर्नुहोस !




0 comments:

Post a Comment