Friday, 13 November 2015

युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको प्रशंसनीय प्रदर्शन |



काठमाडौं, कार्तिक २७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पीयन्ससीप अन्तर्गत पपुवान्युगिनी बिरुद्धको खेल खेल्न युएई पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अहिले ओमानबिरुद्ध अभ्यास खेल खेल्दै छ । पपुवा न्युगिनीबिरुद्ध खेल्नुअघि अभ्यास खेल खेल्न एक साता अघिनै युएई पुगेको नेपाली टोलीले यसअघि खेलेका अभ्यास खेलमा सुधारोन्मुखप्रदर्शन गरेको थियो ।


हङकङबिरुद्धको दुई दिवसीय अभ्यास खेलमा बराबरी गरेको नेपालले पूर्व विश्व च्याम्पियन तथा टेष्ट र टि–ट्वेन्टी र्‍याङ्किङमा दोस्रो स्थानमा रहेको पाकिस्तानको राष्ट्रिय टोलीसँग पराजय ब्यहोरेपनि प्रशंसनीय प्रदर्शन गरेको थियो । यस्तै, युएईको स्थानीय क्लबबिरुद्धको खेलमा नेपाली टोली बिजयी भएको थियो । शुक्रबार हुने ओमानबिरुद्धको अन्तिम अभ्यास खेल जित्दै नेपाली टोली उच्च मनोबलका साथ पपुवान्युगिनीबिरुद्धको खेलका लागि तयार हुने लक्ष्यमा छ ।


ओमानले केही महिनाअघि आयरल्याण्ड र स्कटल्याण्डमा सम्पन्न ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शन गर्दै बलिया राष्ट्रहरुलाई हराएर आगामी बर्ष भारतमा हुने टि–ट्वेन्टी विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको थियो । सोही प्रतियोगितामा निराशाजनक प्रदर्शन गर्दै नेपाल समूह चरणबाटै बाहिरिएको थियो । विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत आगामी कात्तिक ३० तथा मंसिर २ गते नेपालले पपुवान्युगिनीबिरुद्धको खेल खेल्ने छ ।

0 comments:

Post a Comment