Friday, 9 October 2015

जाडो मौसममा सौन्दर्यता बचाई राख्ने टिप्स् !!

सुन्दरतामा निखार ल्याउनु सबैको चाहना हुन्छ । तर, जाडो मौसमले तपाइको सुन्दरतामा ह्रास ल्याउन सक्छ । हामी सुन्दर देखिनका लागि अनेक कस्मेटिक सामाग्री प्रयोग गरि रहेका हुन्छौ ,पार्लर पनि धाइरहेका हुन्छौं ।घरमै सहज रूपमा उपलब्ध हुने तेलबारे भने धेरैलाई जानकारी नहुन सक्छ । बजारमा पाइने विभिन्न कस्मेटिकभन्दा घरमै पाइने तेल सुन्दरतामा निखार ल्याउन अझ बढी प्रभावकारी हुन्छ । तेलले छालामा स्वच्छ तथा चमक प्रदान गर्नुका साथै ओठलाई नरम, नङलाई बलियो बनाउन पनि एकदमै उपयोगी हुन्छ । 

– जाडो मौसममा छालालाई चिसोबाट जोगाउन एक चम्चा क्यास्टर अएल र आधा चम्चा गुलाबजल मिलाउने । त्यसलाई हरेक रात सुत्नुअघि अनुहारमा लगाउने र बिहान मनतातो पानीले पखाल्ने । 

– तपाईको ओठ फुस्रो छ भने राति सुत्नुअघि बेबी अयलले मसाज गर्ने ।

– सुख्खा छालाका लागि जैतुनको तेलमा नरम कपडा भिजाएर नाक र आँखा देखिने गरि कपडामा प्वाल बनाएर अनुहार अनुहारलाई छोप्ने र आधा घण्टापछि सफा कपडाले पुछ्ने , यो प्रक्रिया राति सुत्नुअघि गर्ने र बिहान उठेर मनतातो पानीले अनुहार धुने 

– घामले डढेको छाला छ भने त्यसलाई हटाउन जैतुनको तेल र भेनेगर बराबर मात्रा मिसाउने र नुहाउनु एक घण्टा अगाडि त्यसलाई लगाउने । 

– एन्टी रिङ्कल क्रिम बनाउन एक चम्चा जैतुनको तेल र अण्डा मिसाएर अनुहार तथा घाँटीमा लगाई त्यसलाई सुक्न दिने । सुकेपछि तातो पानीमा एक चम्चा सोडा मिसाई कटनले राम्ररी पुछ्ने । 

– सबैभन्दा राम्रो ब्युटी मास्क बनाउन एक चम्चा चनाको पिठोमा सुन्तला बोक्राको पाउडर, जैतुनको तेल र एक चम्चा मोही मिसाउने । यो लेपलाई आफ्नो अनुहार तथा घाँटीमा लगाउने र सुकेपछि हातले रगड्ने । त्यसपछि मनतातो पानीले अनुहार सफा गरी चिसो पानीले मुख धुने । यसले तपाईंको अनुहारमा भएको दाग हटाउन पनि मद्दत गर्छ ।साथै तपाईंको छालालाई नरम तथा चमक प्रदान गर्छ ।

– अनुहारमा धेरै दाग छन् भने पहिला १० मिनेट बाफ लिने । राम्ररी क्लिन्जिङ गरी नरम कपडाले पुछ्ने । त्यसपछि एक चम्चा जैतुनको तेलमा आधा चम्चा कागतीको रस मिसाएर अनुहारमा मसाज गरी २० मिनेटपछि अनुहारमा आइस ५ मिनेटसम्म राख्ने । 

– अनुहारमा कालो धब्बा तथा सुख्खा छ भने एक चम्चा चनाको पिठोमा एक चम्चा बेसार, केही थोपा कागतीको रस, आधा चम्चा जैतुनको तेल र दूध मिसाएर लेप तयार गरी अनुहारमा आधा घण्टा राखेर सफा गर्ने । 

– अनुहारमा नरमपना तथा चमक ल्याउन राति सुत्नुअघि बेबी अएल अनुहार तथा घाँटीमा लगाउने । 

– सुख्खा तथा फुटेको छालामा एक चम्चा बदामको तेल, कागतीको रस र दूधको क्रिम राखेर लेप तयार पार्ने । त्यसलाई हरेक रात सुत्नुअघि आफ्नो अनुहार तथा घाँटीमा लगाउने – सुख्खा छालालाई सफा राख्न अण्डाको पहेँलो भाग, आधा चम्चा जैतुनको तेल र कागतीको रस मिसाएर अनुहारमा सुत्नेबेला लगाउने । – तपाईंले आफ्नो छाला नरम, कोमल र चमकयुक्त पाउनुहुन्छ । 


0 comments:

Post a Comment