२१ असोज, काठमाडौं । सुशील कोइराला सरकारले जादाँजादैँ सत्तारुढ दलका जिल्लास्तरीय प्रभावशाली नेता, पूर्व र वर्तमान सांसद, कार्यकर्ता र वरिष्ठ नेताका आफन्तलाई दसैं खर्चका रुपमा ठूलो रकम धमाधम बाँड्न थालेको छ ।
सरकारले आर्थिक सहायता वितरणसम्बन्धी कानुन, नियमावली, निर्देशिकालगायतको उल्लंघन गर्दै दसैंको पूर्वसन्ध्यामा रकम बाड्न लागेको हो । गम्भीर रोग लागेको व्यक्तिलाई स्वदेशी या विदेशी अस्पतालमा उपचार गर्दा लागेको खर्चमात्र सरकारले दिनसक्ने कानुनी व्यवस्था छ । उक्त कानुनी व्यवस्थाबाहिर गएर सरकारले हचुवामा आर्थिक सहायता वितरण गर्न पाउँदैन् ।
सरकारले सत्तारुढ कांग्रेस र एमालेका प्रभावशाली नेता र मन्त्रीको सिफारिसमा पूर्व र वर्तमान सांसद्, प्रभावशाली कार्यकर्ता र आफन्तलाई दसैं खर्च बाँड्न सुरु गरेको हो ।
सरकारले मन्त्रिपरिषद्का पुराना निर्णयको मान्युटमा छिराएर करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता बाँडिसकेको छ । बिहीबार बस्ने बैठकको निर्णमा पारेर थप सयौंलाई एकदेखि १० लाख रुपैयाँका दरले रकम बाँडिँदैछ । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।









0 comments:
Post a Comment