Saturday, 3 October 2015

निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ? – सुष्मा कार्की


निर्मातासँग टाँसिएर के फिल्म खेल्नु ? – सुष्मा कार्की


सुष्मा अधिकारी यतिबेला म्युजिक भिडियोहरूमा व्यस्त छिन् । एकपछि अर्को भिडियोमा व्यस्त सुष्माको उद्देश्य भने सिनेमाको नायिका बन्नु नै हो । तर पनि उनलाई प्रस्ताव भने भिडियोहरूबाट बढी आउन थालेका छन् । उनै शुष्मा कार्की संग हाम्रा सहकर्मी राजन घिमिरेले गरेको कफी गफ को सम्पादित अंश :-
के भिडियो नै खेलेर बस्ने ?
के गर्ने त खोई सिनेमामा कुरा मात्र हुन्छ तर निश्चित भएको छैन ।
– सिनेमामा हिरोइन बन्न के गर्नुपर्दो रहेछ त ? 
मैले पनि कुरा बुझेकी छैन । कुरा हुन्छ तर पछि निर्माता नै गायव ।
– सुष्मामा केही कमजोरी छ कि ?
खै ! त्यो त म भन्न सक्दिनँ । म्युजिक भिडियो निर्देशकहरूले त मेरो कामको तारिफ नै गरेका छन् ।
– उसो भए अब छोडे हुने भयो होइन त फिल्म खेल्ने रहर ?
कहाँ छोड्नु । हिरोइन बन्नैपर्छ ।
– सिनेमाको हिरोइन बन्नका लागि यत्रो मरिहत्ते किन ? 
मरिहत्ते होइन, यो त मेरो सपना हो । सपना पूरा गर्नतिर त लाग्नैपर्‍यो नि ।
– निर्माताको कुनै प्रस्ताव नमान्दा फिल्म खेल्न नपाएको हो कि ? 
खै ? त्यो कुरा मलाई थाहा छैन । र, त्यस्तो गलत प्रस्ताव पनि आएको छैन ।
– आफूलाई हिरोइन जस्तो लाग्छ ? 
यहाँ कस्ता कस्ता त हिरोइन भएका छन् । म त तिनीहरूको दाँजोमा राम्रै छु नि ।
– यहाँ त हिरोइन बन्न निर्माणसँग नजिकिनुपर्छ भन्छन् नि ? 
त्यो हो भने म त्यसको विरुद्धमा छु । निर्मातासँग नजिकिएर म सिनेमाचाहिँ खेल्दिनँ ।
– म्युजिक भिडियोबाट जीवन चलेकै छ त ? 
अहिलेसम्म चलेकै छ । काम चाँडो त म्युजिक भिडियोमा नै हुन्छ तर क्रेज सिनेमामा छ ।
– क्रेजकै लागि हो त सिनेमा ? 
हो नि, जुन शान सिनेमामा छ त्यो भिडियोमा छैन। हिरोइन बन्नु ठूलो सपना हो ।

साभार श्राेतः हाम्राेसन्देश

0 comments:

Post a Comment