Friday, 2 October 2015

पार्टीको होइन देशको झण्डा (फोटो फिचर)

भारतीय हस्तक्षेप विरुद्ध राजधानीमा विशाल प्रदर्शन



काठमाडौं, १५ असोज–
 भारतले गरेको अघोषित नाकाबन्दीे विरुद्ध काठमाडौंमा विशाल र्यालीसहित विरोध प्रदर्शन भएको छ । शुक्रबार हजारौं सर्वसाधारण तथा विभिन्न क्षेत्रका व्यक्तिहरु नाकाबन्दी वरुद्धको प्रदर्शनमा सहभागि भए । प्रर्दशनमा विभिन्न दलका भातृ संगठनले सहभागिता जनाए पनि पार्टीहरुका झण्डा भने थिएनन् । सहभागि सबैले हातमा राष्ट्रिय झण्डा बोकेका थिए । 

नेपाल एक स्वाधीन राष्ट्र हो र यहाँ कसैले हस्तक्षेप गर्न पाउँदैन भन्ने सन्देश दिन प्रदर्शन गरिएको राष्ट्रिय स्वाधीनता अभियानका अभियन्ता तथा युवा नेता ठाकुर गैरेले बताए ।



पारवहन सुविधा हाम्रो हक हो, वैदेशिक हस्तक्षेप मान्दैनौँ भन्ने नाराका साथ उपस्थित सबैले राष्टिय झण्डा बोकेर प्रदर्शन गरेका थिए ।

रत्नपार्कमा भेला भएका प्रदर्शनकारी सहिदगेट, सुन्धारा हुँदै रत्नपार्क सम्मै जुलुसमा सहभागी भएका थिए । विरोध प्रदर्शनमा कलाकारहरु, मनोज गजुरेल, जीवन शर्मा, सत्यकला राई, तुलसी घिमीरे लगायत थुप्रै चलचित्रकर्मी, संगीतकर्मी, पत्रकार तथा अन्य पेशा व्यावसायसँग सम्बद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तस्बिर : कृष्ण पौड्याल






















0 comments:

Post a Comment