शान्ता चौधरी
शान्ता चौधरीले आफ्नो टुइटर पेजमा गरेका पोष्ट वास्तवमा राष्ट्रवादी र उच्च तहको विश्लेषणमा आधारित पाइन्छ ।
नेपाली मनभएका नेपाली आदीवासीहरुलाई शासन सत्तावाट वन्चित गराउदै भारतिय नगरिक्ता वाहक अंगिकृत नागरिक्ता भएका हरुले समेत नेपालको उच्च ओहदाको पदमा वस्न पाउनुपर्ने प्रमुख सर्त सहित अरु सात माग भरतले नेपाल संग राखेको खुलासा भएको अवस्थामा यस प्रकारको वुझाईलाई जनता माझमा लिएर जान सरकारले योजना वनउनु पर्दछ । शान्ता चौधरीले पोष्ट गरेका केहि टुईटहरु
#दार्जिलिङ, अासाम, बिहार, यूपी, तिब्बत लगायत ठाउँबाट अाएका अगीकृतलाई देशकाे उच्च पद दिनुपर्छ भन्ने अान्दोलनलाई थारु र अन्य रैथानेले समर्थन नगराै।
#हामी नेपाली विभिन्न जातिकाे नाममा विभाजित थियाैं । नाकावन्दीले हाम्राे अाँखा खुल्दैछ ।
धन्यवाद भारत !!
#जातीय राज्य र जातजातकाे बेग्लाबेग्लै अधिकार माग्न लगाएर नेपाली जनतालाई मूर्ख बनाउँदै कसले र किन फुटाउन खाेजेकाे भन्ने अब पनि प्रष्ट भएन र ?
#अाज ध्यानसँग संविधान पढें ।
सारा जनताले सविधान पढ्ने हाे भने सडकमा जनता हुने छैनन्, अान्दोलनका नेता मात्र रहनेछन्।
जनतालाई संविधान पढाउ !
#भारतसँग मिलेर अाफ्नाे देशलाई नाकावन्दी गर्नेहरुले जनताकाे हत्या गरिरहेछन् ।
अाफूले चाहिँ राजनीतिक अात्महत्या गरिरहेछन् ।
#थारु मधेसी र अनेक जातिकाे नाममा राजनीति गर्न विदेशीले किन उकासे भन्ने नाकावन्दले झन प्रष्ट भाे।
अब जाग, जाति र पार्टी भन्दा देश ठूलाे बुझ !
#देश बरबाद बनाएर कस्ताे अधिकार खाेजेकाे ? थारु मधेसीका नाममा अान्दाेलन गर्नेहरुलाई थारु मधेसी जनताले अब चिने । नाकावन्दीकाे विराेध गराैं ।
#अाफ्नाे देश बरबाद बनाउन नाकावन्दी गरिमाग्ने र जनतालाई अभावमा फसाएर मार्ने नेताहरुले भाेली जनतामा जान पर्दैन ? कुन मुखले जान्छन् भाेट माग्न ?
#भारतलाई नाकावन्दी गर्न उकास्नेहरुलाई जनताकाे समर्थन हुन सक्दैन। झन तराईका थारु मधेसी र अन्य जनताले यस्ताे कुकर्मकाे समर्थन गर्नु असम्भव हाे।
#मधेसका केही नेता मन परेन भन्दैमा मधेसी समुदायलाई पनि त्यही दृष्टिले हेरेर असामाजिक टिप्पणी गर्नु देशघाती काम हाे।
यस्ताे अपराध कसैले नगराै।








0 comments:
Post a Comment