Monday, 5 October 2015

नयाँ सरकार गठनको सरगर्मी बढ्यो, यस्तो छ तयारी (भिडियोसहित)


काठमाडौं, असोज १७ । मुलुकले नयाँ संविधान पाएलगत्तै नयाँ सरकार गठनको सरगर्मी सुरु भएको छ ।
राष्ट्रपति डा. रामबरण यादवले सहमतिको आधारमा नयाँ प्रधानमन्त्री चयन गर्न सात दिने समय दिएर दलहरुलाई आग्रह गर्नुभएको तीन दिन पुगेपनि दलहरु सहमति भन्दा बहुमतीय आधारमा नयाँ सरकार गठनको कसरतमा जुटेका छन् ।
राजीनामा नै नगरी नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्न वर्तमान प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपतिलाई आग्रह गरेपछि नयाँ सरकारको निर्माणका लागि दलहरु जुटेका हुन् । यसका लागि सत्तारुढ दुबै दल नेपाली कांग्रेस र नेकपा एमालेले आ–आफ्नो लबिङ थालेका छन् ।

0 comments:

Post a Comment