असोज । च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रोनाल्डोको २ गोलको मदतले रियल मड्रिडले माल्मो एफएफलाई २–० ले पराजित गरेको छ । २९औं मिनेटमा पहिलो गोल गर्दै रोनाल्डोले आफ्नो जिवनको ५०० औ गोल गरे तथा रियललाई १-० को अग्रता दिलए । तेस्तै रोनाल्डोले नै ९० औं मिनेटमा दोस्रो गोल गर्दै रियललाई २–० को जित दिलाए ।जित पछि समुह ‘ए’मा रहेको रियलको दुई खेलबाट ६ अंक भएको छ र समुहको शीर्ष स्थानमा छ । रियलसँग पराजित भएको माल्मोले समान दुई खेलबाट पनि अंक जोड्न सकेको छैन । तेस्तै समुहको अर्को खेलमा पेरिस सेन्ट जर्मेनले शाख्तर डोनेस्कलाई हराएको छ । पिएएजीले शाख्तरलाई ३–० ले हराएको हो । जितपछि पिएसजीको दुई खेलबाट रियल मड्रिडको जस्तै ६ खेल भएको छ । तर गोल अन्तरमापछि परेको पिएसजीदोस्रो स्थानमा छ ।








0 comments:
Post a Comment