विश्वभर रेसलिङका जवरजस्त दर्शक छन्। रिङ भित्र पिटाइ खाने अनि धुलाइ गर्न जान्ने हस्तीहरुलाई रेसलिङमा भिडेको हेरर मनोरञ्जन लिनेको सङ्ख्या बच्चा देखि जवानसम्म टन्नै छन्। रिङ भित्र भिड्न जाने रेसलरहरुमा पुरुषमात्र छैनन्, महिला रेसलरहरु पनि एकआपसमा भिडेको देख्न पाइन्छ।
रेसलिङका ५ रहस्य
भलै रेसलिङमा कसले पिटाइ गर्ने अनि कसले पिटाइ खाने पहिल्यै तय भएको हुन्छ, तापनि रेसलिङ मनोरञ्जनको निकै राम्रो माध्यम बन्दै आएको छ। यीनै रेसलरहरु मध्ये रिगंमा धुलाई पनि गर्ने अनि सुन्दरी भनि कहलाएका यी हुन विश्वका १० रेसलर महिलाः
कैटलिन
कैटलिन अमेरिकन बडि बिल्डर, मोडल तथा व्यावसायिक रेसलर हुन। सन् २०१३ जनवरीमा उनले डब्लुडब्लुइ च्याम्पियनशीप जितेकी थिइन।
इभ टोरेस
इभ अमेरिकन डान्सर, मोडल तथा व्यावसायिक रेसलर हुन। उनले सन् २००७ मा डब्लुडब्लुइ डिभा सर्च कन्टेस्ट जितेकी थिइन।
भेलभेट स्काइ
सारह ब्याकम्यान
स्वीडेनमा जन्मेकी सारहले आठ पटक वर्ल्ड रेसलिङ च्याम्पियनशीप जितेकी छिन्। सन् २०१३ पछि उनी डब्लुडब्लुइ अन्तर्गत रेसलिङ गर्छिन्।
थिया ट्रिनिडाड
रिङमा उनलाई रोसिटा नामले बढी चिनिन्छ। छिटो सफलता पाउने रेसलरमा उनको नाम जोडिने गर्छ।
ब्रुक एडम्स
ब्रुकले टिएनए वुमन नकआउट च्याम्पियन र टिएनए नकआउट च्याम्पियन ट्याग टिम च्याम्पियन जितिसकेकी छिन्।
म्याडिसन राइन
टिएनएकी सुन्दरी रेसलर मध्येकी एक हुन म्याडिसन।
ब्रिटानी नाइट
मारिया कनेलिस
मारिया अमेरिकन गायिका, गितकार, नायिका, मोडल अनि व्यावसायिक रेसलर हुन। सन् २००५ बाट उनले रेसलिङ सुरु गरेकी थिइन।
केली केली
- डब्लुडब्लुई झै टिएनए (टोटल ननस्टप एक्सन) पनि रेसलिङ खेलाउने एक निजी कम्पनी हो। विश्व रेसलिङमा डब्लुडब्लुई पछि टिएनएनको नाम आउछ।








0 comments:
Post a Comment