काठमाडौं, २१ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको घरमा केही युवाहरुले आक्रमणको प्रयास गरेका छन् । विगत ५५ दिन देखि नाकाबन्दी गरेर अतिआवश्यक सामान काठमाडौं भित्रिन नदिएको भन्दै आक्रोषित युवाहरुको समुहले सिनामगंलमा रहेको राजेन्द्र महतोको घरमा आक्रमणको प्रयास गरेका हुन्।
समयमा नै प्रहरीले पुगेर युवाहरुलाई त्यहाँ बाट लखेटे पछि कुनै पनि अप्रिया घटना भने हुन पाएन । गौशाला प्रहरीका डिएसपी सुरेन्द्र मैनालीका अनुसार, १०० को संख्यामा बानेश्वर साइडबाट आएका युवाहरुको जुलुसले सिमामगल पुगेर राजेन्द्र महतो घरमा देश द्रोही लेखिएको ब्यानर झुण्डयाउन खोज्दा प्रहरीले हस्तक्षेप गरी हटाएको बताए । उनका अनुसार तत्काल बानेश्वर र गौशालाबाट गएका प्रहरी टोलीले युवाहरुको समुहलाई धपाएका थिए ।
यता, सद्भावना पार्टीका महासचिव मनिष सुमनले , २००—३०० को संख्यामा आएका अज्ञात समुहले महतो जीको घर चारै तिरबाट घेराउ गरी नारा जुलुस गरेको छ । घरमा त्रासको वातावरण उत्पन्न भएको उनले बताए । हाम्रो मध्य बानेश्वरमा रहेको पार्टी कार्यालयमा पनि ढुगामुढा गरी सिसा फोडेको महासचिव सुमनले जानकारी दिए ।
श्रोत टुडेखबर ।।।
श्रोत टुडेखबर ।।।








0 comments:
Post a Comment