Saturday, 3 October 2015

अघोषित नाकावन्दीले १ लाख २० हजार पर्ने अलैंची ८० हजारमा झर्‍यो


पांचथर, असोज १६ । भारतले गरेको अघोषित नाकावन्दी पछि पूर्वी पहाडि जिल्लामा उत्पादन हुने कालो सुनले परिचित अलैँचीको मूल्यमा गिरावट आएको छ ।
नाकावन्दी पछि अलैंची भारत निकासी हुन नसक्दा अलैंचीको मूल्यमा गिरावट आएको नेपाल अलैँची ब्यवासायी महासंघका उपाध्यक्ष दिपक नेपालले जानकारी दिए ।
पछिल्लो समय अलैंचीको मूल्यमा गिरावाट आएपछि कृषकहरुमा भने निराशा छाएको छ । तीन, चार महिना अघि मात्रै प्रति मन १ लाख २० हजार रुपैयां सम्म पुगेको अलैंची अहिले एक्काकी ८० हजार रुपैयां प्रति मनमा विक्री गर्नु पर्दा कृषकहरु चिन्तित बनेका हुन् ।
अहिले सवैभन्दा राम्रो अलैंची प्रतिमन ८५ हजार र कमसल ८० हजार रुपैयांको हाराहारीमा विक्री भइरहेको छ । गत बर्ष ६ सय २७ मेट्रिकटन अलैंची उत्पादन भएकोमा यस वर्ष ५ सय ६४ मेट्रिकटन उत्पादन भएको थियो ।

0 comments:

Post a Comment