काठमाडौं, असोज १५ । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप अन्तर्गत समुह चरणको छनौट खेलमा नेपालले आज (शुक्रबार) इरानको सामना गर्दैछ । इरानमै हुने समुह ‘ई’को पहिलो खेल नेपाली समय अनुसार आज बेलुकी सवा ९ बजे सुरु हुनेछ ।
यो समुहमा नेपाल र ईरानसँगै जोर्डन र कुवेत पनि रहेका छन् । दुई महिना अघि काठमाडौंमा सम्पन्न
साफ यु–१९ फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल उच्च मनोबलका साथ ईरान पुगेको छ । तर एशियाका बलिया फुटबल राष्ट्रहरुको समुहमा रहेको नेपाली टोलीले यो प्रतियोगिताबाट छनौट हुन भने निकै कठिन चुनौती सामना गर्नुपर्नेछ ।
एशियाका ४३ राष्ट्रलाई १० वटा समुहमा विभाजन गरी संचालन भईरहेको छनौट चरणबाट १६ वटा टोलीले अर्को वर्ष बहराइनमा हुने १९ वर्षमुनिको एएफसी च्याम्पियनसिप फुटबलमा सहभागिता जनाउन पाउनेछन् । उक्त प्रतियोगितामा शीर्ष चारमा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा हुने २० वर्षमुनिको फिफा विश्वकपमा एसियाबाट प्रतिनिधित्व गर्नेछन् ।








0 comments:
Post a Comment