सो आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । छोरीको यो हर्कत देखेर पाकिस्तानी मुलका ५१ वर्षीय असादुल्लाह खानले आफ्नी छोरीलाई घरभित्रै घाटी थिचेर हत्या गरेको डेली मेलले आफ्नो समाचारमा जनाएको छ । छोरीको हत्याको आरोपमा प्रहरीले खानलाई पक्राउ गरेको छ । खानले पनि आफूले छोरीको हत्या गरेको स्वीकार गरेका छन् । छोरी लारीबलाई हत्या गरेपछि खान र उनकी ४१ वर्षीया पत्नी शाजियाले आफ्नो कारमा शव राखेर दर्मस्टादको तटबन्धमा लगेका थिए । लारीबकी आमाले छोरीलाई आफूले बचाउन नसकेको बयान दिएकी छिन् । लारीबलाई हत्या गर्ने दिन कान्छी छोरी नीदालाई बाबु र आमाले आफन्तको घरमा बस्न पठाएका थिए । लारीबले आफ्ना बाबुको इच्छाविरुद्ध ब्वाईफ्रेन्ड बनाइ सेक्स गर्दै आएको डेली मेलले जनाएको छ । खान परिवारले अहिले अदालतमा मुद्दा खेपीरहेको छ ।








0 comments:
Post a Comment