Friday, 9 October 2015

पर्समा यी कुरा कहिल्यै नराख्नुस्, अशुभ हुन्छ स्थाहा पाई राखौ


Image title
अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । 
पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्‍याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । 
यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।पर्समा राख्न हुने राख्न हुने र नहुने चिजपर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । 
पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ । 
पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ । नेपालीहेडलाईनस

0 comments:

Post a Comment