Friday, 9 October 2015

भेडेटारमा आइतबारबाट प्याराग्लाईडीङ


भेडेटारमा आइतबारबाट प्याराग्लाईडीङ


सुनसरी २२ असाेज –  पुर्वी नेपालको पर्यटन ब्यवसायलाई प्रबधन गर्नै उदेश्यले धनकुटाको भेडेटारबाट आउदो आईतबारबाट प्याराग्लाईडीङको ब्यवसाहिक उडान भर्नै भएको छ । शुक्रवार धरानको पत्रकार महासंघको सभाहलमा  पत्रकार सम्मेलनको आयोजना गरि आउदो असोज २४ गते आईतबारबाट ब्यवसायिक उडान भर्न लागेको धरान
स्काई एडभेन्चर एण्ड हर्ष ग्लाईडिङका सञ्चालक निर्मल आचार्यले जानकारी दिनुभयो ।
उहाले धनकुटाको भेडेटार,छोटी मोरङबाट उडान भरि धरान १६ स्थित नौलो बस्तीमा पुयाई अवतरण गरिनेछ । ब्यावसायिक रुपमा दैनिक ३० देखी ३५ मिनेटको उडान भर्नै कम्पनीका अर्का सञ्चालक मधुसुधन अधिकारीले जानकारी दिनुभयो ।
उहाका अनुसार प्याराग्लाईडिङका लागी पोखरा देशमै उत्कृट स्थान मानिएपनि पोखरामा बन्न लागेको बिमान स्थलका कारण अवको सम्भावना पुर्वी नेपालको भेडेटार नै रहेको दावी समेत गर्नुभयो । बिभिन्न पाईलटहरुको सर्बैक्षणमा सञ्चालन गर्न लागेको सो प्याराग्लाईडिङ दैनिक ६ बटा उडान भर्नै सञ्चालक आचार्यले बताउनुभयो ।
एक उडानमा एक पाईलट सहित २ जनाको सहभागिता रहने प्रत्येक उडानको ५ हजार रुपैया पर्नै आचार्यले बताउनुभयो । जसका लागी पोखराबाट ५ जना र काठमाडौबाट १ जना गरि ६ जना पाईलट ल्गाई सकेको प्याराग्लाईडिङका अर्का
सञ्चालक अधिकारीले बताउनुभयो ।

0 comments:

Post a Comment