Tuesday, 6 October 2015

नाकाबन्दीविरुद्धमा जुध्नलाई चीनले यसरी दियो नेपाललाई दिगो विकल्पको आश्वासन पुरा पद्नुस


काठमाण्डु, १९ असोज– छिमेकी चीनले भारतको अघोषित नाकाबन्दी व्यवहोरिरहेका नेपालका आपूर्तिका समस्या सम्बोधन गर्न सरकारलाई दिगो विकल्पको ढाडस दिएको छ । चीनतर्फका दुई नाकालाई जितिसक्दो छिटो खुलाएर दैनिक उपभोग्यवस्तुको आयात गर्ने कूटनीतिक पहल भइरहेको जानकारी सरकारी अधिकारीहरुले दिएका छन् ।
 भूकम्पका बेला पहिरो गएका कारण चीनसितका दुवै नाका अवरुद्ध छन् । चीनले दिगो समाधानको लागि सर्तसहितको विकल्प दिएको अधिकारीहरुले बताएका छन् । छिमेकी भारतले अघोषित नाकाबन्दी नै लगाएको भित्री निष्कर्षसहित सरकारले तत्काल र दिगो समाधानको विभिन्न विकल्पबारे आन्तरिक छलफलका क्रममा चीनले दिएको विकल्पको विषयमासमेत विचार विमर्श भएको हो । चीनले नाकामा स्थानीय सरचना बनाउनेदेखि चौडा सडक निर्माण गरिदिनेसम्ममको अनौपचारिक प्रस्ताव गरेको छ । स्रोत काठमांडू टुडे .कम

0 comments:

Post a Comment