Wednesday, 7 October 2015

मिसेस मंगोल नेपाल – २०१५ सम्पन्न बिजेता बनिन सेम्फुङमा लिम्बु


काठमाडौँ : अमेजन इन्टरटेनमेन्ट प्रालि को आयोजना मा मिसेस मंगोल नेपाल को दोस्रो संस्करण सम्पन्न भएको छ । राष्ट्रिय नाच घर जमलमा सम्पन्न बिबाहित मंगोलियन समुदाय का महिला हरु को कार्यक्रम मा कुल पन्ध्र जनाको सहभागिता रहेको थियो । २० दिन सम्म को व्यक्तित्व बिकाश, कुशल बोलि चाली अभ्यास, स्टेज प्रस्तुति, आत्माविश्वास अभिबृदी तथा भ्रमण लगायत का बिबिध बिषयहरु मा प्रशिक्षण रहेको कार्यक्रममा हिमानी सुब्बा को कोरियोग्राफी रहेको थियो भने कला सुब्बा द्वारा बोलि चाली अभ्यास एबम क्षमता अभिबृदी लगायत बिषयमा तालिम दिइएको थियो ।
image
उक्त प्रतियोगिता मा सेम्फुङमा लिम्बु ले मिसेस मंगोल नेपाल – २०१५ को बिजेता बनि उपाधि हात पार्न सफल भएकी छन् भने सुभेच्छा राइ फस्ट रनर अप तथा रेखा लिम्बु सेकेण्ड रनर अप एबम नविना मगर लिम्बु थर्ड रनर अप भएका छन् । त्यसै गरि सब टाइटल तर्फ बेस्ट ट्यालेन्ट रमा मगर, बेस्ट फोटोजेनिक मधु लिम्बु, बेस्ट पर्सनालिटी जुनु कन्दङवा, बेस्ट हेयर रेखा याङदेन लिम्बु, मोस्ट डिसिप्लिन बिमला तामाङ, बेस्ट ड्रेस सुकमाया थेबे, बेस्ट स्माइल रजनी राजभण्डारी, मोस्ट इण्टिलिजेन्ट सुभेच्छा राइ मगर मोस्ट बिउटिफुल नविना मगर लिम्बु, मोस्ट ईनोसेन्ट शान्ति राना मगर , बेस्ट स्क्रिन सेम्फुङमा लिम्बु, बेस्ट क्याटवाक मधु लिम्बु, मोस्ट पपुलर रमा मगर एबम मोस्ट चार्मिङ नविना लिम्बु ले हात परेका छन् ।
image
उक्त सौन्दर्य प्रतियोगिताको निर्णायक मण्डली मा कला सुब्बा, सुर्य चन्द, दिक्पाल कार्की, बिष्णु लिम्बु रहेका थिए भने प्रमुख अतिथि मा गायिका पवित्रा सुब्बा रहेकी थिइन् । यस सौन्दर्य प्रतियोगिताले गर्दा बिशेष गरि गृहणी बिबाहित महिला हरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरा मा कार्यक्रम संयोजक कमल खतिवडा बिस्वस्त छन् ।

0 comments:

Post a Comment