हिजोआज प्राय: सबै व्यक्तिलाई टाउको दुख्ने व्यथाले छोएकै हुन्छ | टाउको दुख्ने पिडा सहन नसकेर हामीले एन्टीबायोटिक खाँदै पिडा कम गर्ने गर्छौ | तर यसो गर्नु क्षणिक रुपको लागि दुखाइ कम गर्ने माध्यम चाही हो तर यसो गर्दा भविष्यको लागि भने राम्रो मानिदैन | त्यसैले एन्टीबायोटिक प्रयोग गरि दुखाइ कम गर्नु भन्दा यहाँ तपाइहरुलाई केहि घरेलु उपायहरु प्रस्तुत गरेका छौ :
१) कागतीको बोक्रालाई घोटेर वाक्लो चन्दन जस्तो वनाएर रातो रक्त चन्दन पनि घोटेरै दुवै लेप वरावरी मिलाई निधार र कन्चट तिर वाक्लो लेप गर्नाले टाउको दुख्ने रोग निको हुन्छ ।
२) तातो चियाको दुध नहालीकन एक दाना कागतीको रस मिसाएर तात्तातै पिएमा तुरुन्तै शीर पिडा नष्ट हुन्छ । ३) तुलसाको पात, अदुवा र ल्वाङलाई चन्दन जस्तो बनाई वाक्लो लेप बनाएर निधार र कन्चटमा लाउनाले टाउको दुख्ने रोग निको हुन्छ ।
४) एक पावा गाईको घ्यु ५० ग्राम जति मरिच पकाउनु पर्छ र मरिच डढेपछि घ्युलाई छानेर शिशिमा राख्नुपर्छ । सो घ्यू मालिस गर्नाले, शितले दुखेको टाउको चिन्ताले दुखेको टाउको र रुधाले दुखेको टाउको निको हुन्छ ।निधार र कन्चटमा राम्रो सँग दल्नु पर्छ ।
५) महिलाहरुको गर्भासय विकार भएर टाउको दुखेको छ भने एउटा ठुलो वाटा आरीमा फडकेरी मिसाएर तताएको तातो पानीमा नाइटो सम्म डुब्ने गरी एक घण्टा जति दैनिक चार दिन सम्म वस्ने गरेमा गर्भासयको विकारबाट टाउको दुख्ने रोग निको हुन्छ ।
६) ढुकुर अथवा परेवाको सुलि र रायो मिहिन पारी पिसेर निधार तथा कंचटमा लेप गर्नाले एकै छिनमा टाउको दुख्न छोडछ ।
७) आधातोला सीमालिको पातको रस आधा के.जी सम्म पानीमा पकाउनु पर्छ र तातै पिउनाले रुघावाट दुखेको टाउको निको हुन्छ ।
८) बुहारी झारको फुल माडेर नस हाल्नाले छ्युँ आएर पिनास साथै अधाले दुखेको टाउको निको हुन्छ ।
९) तुलसीको पात र श्रीखण्डको लेप बनाई लेपन गरेमा अथवा दालचिनी पिसेर लेपन गरेमा पनि टाउको दुख्ने रोग निको हुन्छ ।
१०) वंग, भष्म, सखर र गाईको पुरानो घिउ सेवन गर्नाले शीर पिडा पनि नष्ट हुन्छ ।
११) घिरौँलाको पातको रसमा वंग, भष्म फिटेर खानाले पुरानो शिर पिडा पनि नष्ट हुन्छ ।
१२) जीरा पानी पकाएर ताततातै पिएमा पनि टाउको दुखेको निको हुन्छ ।
१३) अदुवाको सुठो, पुरानो सखर र नाग भष्म मिसाई पानी सँग खाएमा पुरानो टाउको दुख्ने रोग निको हुन्छ ।
१४) आँकको दुधमा चामल मिसाएर ३/४ पटक पकाउने र सुकाउनुपर्छ र सो चामल पिसेर नस हाल्ने गरेमा आधा, पिनास रुधा विग्रेर दुखेको टाउको पनि निको हुन्छ ।
१५) काफलको बोक्रा सुकाएर मसिनु पारी कुट्नु पर्छ र नस बनाएर सुँघने गरेमा शीर पिडा नष्ट हुन्छ । अथवा लालगेडीको चूर्णको नस हाल्नाले पनि टाउको दुख्न छोड्छ ।









0 comments:
Post a Comment