Wednesday, 23 September 2015

दर्शककाे मन जित्दै १२ डि सिनेमा


दर्शककाे मन जित्दै १२ डि सिनेमा


इटहरी, असाेज । पूर्वक्षेत्रमै पहिलो पटक सुनसरीको इटहरीमा १२ डि सिनेमा हल संञ्चालनमा आएको छ । हलमा मोसन अनुसारको इफेक्ट अनुभव गर्ने खालको प्रबिधि जडान गरिएको छ । सिनेमाको पर्दामा प्रदर्शन भइरहेको दृष्यहरुमा आफु सहभागी भए जस्तो महसुस गराउनुका साथै पानी परेको, हावा चलेको, हिउ परेको, धुवा कुलो, अगाडी–पछाडी, दाँया–वाँया कुदेको, लेग स्विप, भाइव्रेसन, आगो लगायतका इफेक्टस् हरुको अनुभव गर्न सकिने यस्तो हल नेपालको पोखरा लगायत केही बिकाशोन्मुख शहरहरुमा मात्रै सञ्चालन हुदै आएकोमा पछिल्लो समय पूर्वको केन्द्र इटहरीमा पनि सञ्चालनमा ल्याइएकोसंचालक संञ्जय राईले बताए ।
final oneआधा घण्टाको प्याकेज अनुसार तिन वटा एडभान्चर, होरोर एक्सन छोटो चलचित्र समाबेश हुनेछन् र उक्त चलचित्रहरु प्रत्येक १० दिनमा परिवतर्न गरिने राईले बताए ।
finak5एक पटकमा ६ जना दर्शक अटाउने क्षमता रहेको उक्त हलमा ५ बर्ष भन्दा मुनिका बालबालिका र मुटुका रोगीहरुलाइ हेर्न प्रतिबन्ध लगाइएके छ । उक्त हल इटहरीको धरानलाइन गोरखा डिपार्टमेन्ट स्टोर अघाडी पटटीको भवनमा अवस्थित छ ।
अन्य शहरहरुको तुलनामा पूवृको केन्द्र मानीएको र बिकाश निर्माणले पनि फडको मारेको , बाताबरणीय हिशाबले शान्त र हरीत नगरी भनेर चिनिने हुदा पूर्वको इटहरीमा आफुले यस्तो प्रकारको सिनेमा सञ्चालनमा ल्याएको सिनेमा सञ्चालक राइ बताउछन् । उक्त सिनेमाहललाई दर्शकहरुले पनि उतिकै रुचाउन थालेको पाइएको छ । दैनिक १०० भन्दा बढि दर्शकहरु सिनेमा अवलोकन र फिल्महरु हेर्न आउने गरेको सञ्चालक सञ्जय राई बताउछन । सिनेमा हेरीसकेपछि अधिकांस दर्शकहरुले हलभित्रको सिट क्षमता कम भएको र यसलाई बढाउन सुझाव दिने गरेका छन ।
final2यता दर्शकहरुले पनि पूर्वमै पहिलो पटक १२ डि सिनेमा इटहरीबाट सञ्चालन भएको प्रति खुशी ब्यक्त गरेका छन । सिनेमा भित्र पुगेर त्यहाको दृष्यहरु हेर्दा वास्तवमै आफै समावेस भए जस्तो महसुस भएको यस्ता प्रतिक्रिया दिने गरेका छन दर्शकहरुले ।
यसै सन्दर्भमा सिनेमाको अवलोकन तथा दृष्यहरु हेरी सकेपछि दर्शकहरुले दिएको प्रतिक्रीया जस्ताको तस्तै यहा प्रस्तुत गरीएको छ ।
onephotoजनक गौतम , इटहरी ५ : अहिले सम्मको बिभिन्न् हलहरुमा गइ फिल्म हेर्नु भन्दा बेग्लै मज्जा आयो पूर्व
मै पहिलो पटक यस सिनेमा सञ्चालनमा आएको खबर पाएपछि आइएको थियो जे होस बेग्लै आनन्द र मज्जा महसुस गर्न पाइयो । यस सिनेमाको उत्तरोत्तर प्रगतीको कामना गर्दछु ।
twophoto सञ्जीव गौतम, इटहरी ३ : पहिलो पटक यस्तो हलको अनुभव संगाल्न पाइएकोमा ज्यादै खुशी लागेको छ । भित्रको फिल्म हेर्दा हेरे जस्तो नभएर आफै त्यही भित्र पसे जस्तो महसु
स भयो , मैले अरु हलमा भन्दा यस हलमा धेरै बिशेषता पाए अब आफन्तहरुलाई पनि यहि हलमा जानु भनी जानकारी दिन्छु ।
३ देवेन्द्र खनाल,इटphoto3हरी १ : हल भित्र पसेपछि समय बितेको पत्तै नपाइने अनी त्यहाको फिल्म हेर्दा आफै पर्दा भित्र छिरेर खेलीरहेको जस्तो महसुस भयो जे होस पूर्वको केन्द्र इटहरीमा पहिलो पटक यस १२ डि सिनेमाको स्वाद चाख्न पाइयो अब अरु हल फिल्म हेर्न गइदैन यसैमा आइन्छ अझ परिवार नै पो लिएर आइन्छ ।
photo4४ समिर लामा,इटहरी ३: भित्र पर्दामा उडेको दृष्य देखाउदा आफै उडे जस्तो लाग्यो , यसको बेग्लै मजा महसुस गर्न पाइयो । अब यो हलले पूवृको केन्द्र इटहरीलाई चिनाउन केही मदत पुग्नेमा म बिस्वस्त छु । पूवृमै पहिलो पटक इटहरीमा यस्तो सिनेमा हल सञ्चालनमा ल्याउनुहुने सञ्ज्य राई ज्युलाई मेरो तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु । पुर्बेली न्युजबाट |

0 comments:

Post a Comment