काठमाडौं, १० असोज – भारत सरकारको नेपालको आन्तरिम मामिलामा हस्तक्षेप र अघोषित नाकाबन्दीबिरुद्ध त्यहांकै राजनीतिक दल, बुद्धिजीवि र प्राध्यापकहरुले कडा आलोचना गर्दै तत्काल गलत नीति सच्याई संविधानको स्वागत गर्न दवाव दिएका छन् ।
भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा राज्यसभाका सदस्य मणिशंकर अयरले नेपालको नयां संविधानलाई स्वागत नगरेर प्रधानमन्त्री नरेन्द्र मोदीले सार्बभौम र धर्म निरपेक्ष गणतन्त्र नेपालको अपमान गरेको बताएका छन् । एनडीटीभीमालेख लेख्दै उनले भनेका छन,‘मोदीले नयां संविधानको स्वागत नगरी ‘नोट’ मात्र गरी सार्बभौम नेपालको अपमान गरेका छन् । त्यस्तै, नेपालको संविधानलाई ऐतिहासिक संविधान नभनी एउटा संविधान मात्र भनेर र मधेशमा भएका हिंसाप्रति मात्र चासो केन्द्रित गरेर नेपाली गणतन्त्रको अपमान ग¥यो ।’
उनले नेपालको ऐतिहासिक संविधानलाई बुझ्ने मामिलामा ‘नेपालको संविधानलाई चीनले खुशीसाथ अनुमोदन गर्दछ’ भन्ने औपचारिक धारणा राखेर भारतलाई उछिनेको समेत बताए । ‘चीनले नेपालको बैधानिक–आधिकारिक संस्थापनपक्षसंग सम्बन्ध राख्यो भने भारतले आफुलाई क्षेत्रीय मित्रका रुपमा स्वप्रमाणित ग¥यो’ उनी लेख्छन–‘मोदीले पाकिस्तानसंगको सम्बन्धलाई जसरी संकटमा फसाए, नेपालसंगको सम्बन्धमा पनि त्यही चित्रित भएको छ ।’
मनमोहन सिंह सरकारले १० बर्षमा पनि भारत भ्रमण नगरेको तर मोदीले प्रधानमन्त्री भएको केही सातामै नेपालको भ्रमण गरेर नेपालप्रतिको प्राथमिकता प्रदर्शन गरेको भन्ने गोयवल्स शैलीको प्रोपोगाण्डा संयन्त्र अहिले आएर उदांगो भएको समेत ऐयरले बताएका छन् । उनले बिहारको राजनीतिलाई आफु अनुकुल प्रभावित पार्न मोदीले नेपालमा फोहोरी राजनीति गरेको आरोप समेत लगाएका छन् ।
भाकपा–माक्र्सवादीका नेता प्रकाश कारातले नेपालले लोकतान्त्रिक संविधान जारी गरेको क्षणलाई ‘ऐतिहासिक अवसर’ भन्दै त्यसमा मोदीले ‘अहंकारपूर्ण हस्तक्षेप’ गरेको बताएका छन् । पार्टीको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ मा माक्र्सवादीका पुर्ब महासचिव कारातले नेपालको यस्तो महत्वपुर्ण अवसरलाई स्वागत नगरेर नेपालसंगको मित्रवत सम्बन्धलाई तनाबतर्फ धकेलेको बताएका हुन । भारतको यस्तो ठुल्दाइ रबैयाले दक्षिण एसियाका अन्य छिमेकीलाई समेत संशकित बनाएको बताएका छन् ।
यसअघि माक्र्सवादीका महासचिव सिताराम यचुरीले १६ बुंदे सहमति र संविधान मस्यौदामा नेपालका दलहरुबीच भएको सहमतिको स्वागत गर्दै संविधान नेपालको आन्तरिक मामिला भएकोले भारतले हस्तक्षेप गर्नुनहुने बताएका थिए ।
बहुजन समाजवादी पार्टीका नेता सुधिन्द्र भदौरियाले नेपालको ऐतिहासिक संविधानलाई स्वागत नगरेर भारतले गल्ती गरेको बताएका छन् । भारतीय टिभी एनडिटीभीको वहसमा भाग लिंदै उनले नेपालमा संविधान जारी भएपछि मोदी सरकारद्वारा प्रदर्शन गरिएको व्यवहार सार्बभौम राष्ट्रप्रति गर्ने जस्तो नभएको बताए । ‘मोदी सरकारले नेपालप्रति यस्तो व्यवहार ग¥यो, जसले नेपाल सार्बभौम र स्वतन्त्र राष्ट्र होइन जस्तो लाग्छ’ उनले भने ‘भारतले अव यस्तो ‘बिग ब्रदर’ प्रबृति खतम गरेर जानुपर्छ । यसो नगर्ने हो भने सम्बन्ध बिग्रन्छ । भारत सरकारले तत्कालै नेपालको संविधानको स्वागत गर्नुपर्छ ।’
जवाहरलाल नेहरु बिश्वबिद्यालयका प्राध्यापक कमल मित्र चेनोइले नेपालको लोकतान्त्रिक संघीय संविधानलाई ‘नोट’ मात्र गरी स्वागत नगरेर भारतले ठूलो गल्ती गरेको बताए । उनले भारतीय संविधानको तुलनामा नेपालको संविधान कुनैपनि कुरामा कमी नभएको र भारतको भन्दा राम्रो भएको बताएका हुन । यसअघि नै क्याचन्युज डटकमका संपादक नेपाल बुझेका पत्रकार भारत भूषणले मोदी सरकारको नेपाल नीति पुर्णत असफल भएको भन्दै लेख लेखेका थिए ।

0 comments:
Post a Comment