Tuesday, 22 September 2015

भारतीय क्रिकेट प्रमुख डाल्मियाको निधनपछि नेतृत्वको वहस सुरु


काठमाडौं, असोज ५ । भारतीय क्रिकेट बोर्ड बिसीसीआईको अध्यक्ष बन्न दुई परस्पर विरोधी समुहबीच टक्कर सुरु भएको छ ।
बीसीसीआईका अध्यक्ष जगमोहन डाल्मियाको गत आईतवार मृत्यु भएसँगै विश्वकै शक्तिशाली खेलकुद निकाय मध्येको एकमा नयाँ नेतृत्वको वहस सुरु भएको हो ।
कोलकाताको एक अस्पतालमा उपचारको क्रममा आइतवार निधन भएका डाल्मियाको सोमबार अन्तेष्टी गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीका समेत अध्यक्ष रहीसकेका डाल्मियाको मृत्युले विश्व क्रिकेटलाई अपुरणीय क्षती भएको छ ।
डाल्मियाको अन्तिम संस्कार सकिने वित्तिकै भारतमा नयाँ अध्यक्षको दौड सुरु भएको छ । नयाँ नेतृत्वको लागि पुर्व अध्यक्ष एन श्रीनिवासन र डाल्मिया पक्षका अनुराग ठाकुरले तयारी थालेका हुन् ।
ठाकुर बीसीसीआईका वर्तमान सचिव समेत हुन् । धेरैले श्रीनिवासन नै पदमा फर्किने विश्वाश लिएका छन् । चर्चित इण्डियन प्रिमियर लिग क्रिकेटमा आर्थिक अनियमितताको आरोपमा मुछिएका विवादास्पद व्यक्तित्व श्रीनीवासनलाई डाल्मिया समर्थकहरुले निरन्तर आलोचना गर्दै आएका छन् ।

0 comments:

Post a Comment