साहरुख खानलाई बलिउडका वादशाह मानिन्छ । उनी आफ्नो जीवनशैली पनि बादशाह स्टाइलमा नै जिउने गर्दछन् । उनै साहरुख ग्याजेट, चश्मा र गाडीको खुबै सौखिन छन् । साहरुखले हालै मात्र करिब ४ करोडको नयाँ भ्यानिटी भ्यान किनेका छन् । यो भ्यानलाई दिलिप छाबरियाले साहरुखका लागि तयार पारेका हुन् । साहरुखले बताएअनुसार यो गाडी तयार पार्न करिब ६० दिन लागेको थियो ।
यो भ्यानको फ्लोरमा सिसाको प्रयोग गरिएको छ । गाडीको छत आकर्षक बनाउन पनि दिलिपले खुबै मिहिनेत गरेका छन् । भ्यानेटी भ्यानमा ड्राइभर क्याबिन, मास्टर बेडरुम, रेस्टरुम, मेकअप रुम समावेश छ । मेकअप रुपममा ४ वटा स्त्रिmन्स पनि राखिएको छ । साहरुखको मुम्बइमा करिब २ सय करोड पर्ने ‘मन्नत’ नामको घर छ । भ्यानेटी भ्यानलाई पनि डिजाइनरले घर जस्तै अनुभुती दिनै शैलीमा आकर्षक बनाएका छन् । स्रोत अनलाइनखबर .कम









0 comments:
Post a Comment